Connect with us

एजेण्डा

१७ खर्बको बजेट ल्याउन अर्थसमितिको सुझाव [पूर्ण पाठ)

एक खर्ब ७० अर्बको ‘स्टिमुलक’ प्याकेज ल्याउन सुझाव

काठमाडौं । संघीय संसदको अर्थ मितिले आगामी आर्थिक वर्षका लागि १७ खर्बको बजेट ल्याउन सुझाव दिएको छ । कोरोनाका कारण अर्थतन्त्र तहसनहस भएको बेलामा अर्थसमितीले ठूलो आकारको बजेट ल्याउन सुझाव दिएको हो ।

अर्थ समितिले उद्योगी, व्यवसायी, बैंकर्स, सहकारी, आर्थिक विश्लेषकसँग छलफल गरेर अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएको हो ।

सुझावमा भनिएको छ, कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिक लगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउनुपर्ने अवस्था र विगत देखिका योजना कार्यक्रमलाई निरन्तर रूपमा संचालन गर्नुपर्ने भएकाले विस्तारकारी बजेट ल्याउनुपर्ने देखिन्छ । कोभिड १९ सुरु हुनु अगावै स्रोत समितिले करिब १७ खर्बको सिलिङ निर्धारण गरेको देखिँदा सो भन्दा कम आकारको बजेट निर्माण हुनसक्ने देखिदैन ।

विगतदेखिको योजनालाई निरन्तरता दिनुपर्ने भएकोले बजेटको स्वरुप विस्तारकारी हुनु पर्ने समितिको सुझाव छ । यस्तै, करको दायरा बढाउन नसक्ने र १० खर्ब राजस्व परिचालन गर्ने लक्ष्य लिनुपर्ने पनि उल्लेख छ ।

समितिले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिएको छ। समितिले विभिन्न सरोकारवालासँगको छलफलपछि आगामी आर्थिक वर्षको बजेटबाट अर्थतन्त्र पुनरूत्थानका लागि यो राहत प्याकेज दिन सरकारलाई सुझाव दिएको हो ।

सुझावको पूर्ण पाठ

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!