Connect with us

एजेण्डा

कोरोना भाइरस : इटालीमा आफन्तले मृतकलाई अन्तिम विदाई गर्न पाउँदैनन्

सेराटो भन्छन्, ‘हामी परिवारलाई मृतकको शवको तस्विर पठाउँछौं र अस्पतालबाटै लासलाई लगेर गाड्छौं ।

सोफिया बेट्टिजा, बीबीसी न्यूज

जब तपाईंलाई माया गर्ने मान्छे मर्दछ, उसलाई अन्तिम पटक पूर्ण सम्मानका साथ विदाई गर्नु सबैभन्दा जरुरी हुन्छ ।

तर कोरोना भाइरस महामारीका कारण इटालियन नागरिकहरुले आफ्नो आफन्त वा प्रियजनको मृत्यू हुँदा पनि अन्तिम बिदाई गर्ने अवसर पाएका छैनन् । उनीहरुको यो अधिकार कोरोनाले खोसिदिएको छ ।

एक तरहले भन्दा यो मृतकलाई दिइने सम्मान र इज्जत खोसेर परिवारका सदस्यहरुको दुःख बढाउने जत्तिकै हो ।

एन्ड्रीय सेराटो मिलानमा एक मृतकको घरमा अन्डरटेकरको काम गर्छ । उहाँ भन्नुहुन्छ, महामारीले तपाईंलाई एक पटक होइन, दुई पटक मार्छ ।

सबैभन्दा पहिला यो रोगले तपाईंलाई मार्नुभन्दा पहिले आफ्ना सबै आफन्त प्रियजनहरु भन्दा टाढा राख्छ । त्यसपछि कसैलाई पनि तपाईंको नजिक आउन दिँदैन । एउटा परिवारका लागि यो बहुत गाह्रो समय हो र यो स्वीकार्न निकै कष्टकर हुन्छ ।

एक्लो मृत्यू

इटालीमा कोबीड १९ को कारण मर्ने धेरै व्यक्तिसँग अन्तिम क्षणमा परिवारका कुनै सदस्य, आफन्त वा साथीहरु थिएनन् ।

कोरोना संक्रमित बिरामीबाट परिवार, आफन्त र साथीहरु कसैलाई पनि फैलिएको थिएन, त्यसैले अस्पतलामा संक्रमित परिवारलाई भेट्न आउन सबैलाई प्रतिबन्ध लगाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुका अनुसार मृतकको शरिरमा भाइरसको संक्रमण रहँदैन, तर मृतकले लगाएको कपडामा केही घण्टासम्म भाइरस जीवित रहन सक्छ ।

यसको मतलब मृतक व्यक्तिको शरीरलाई तुरुन्त शिल गर्नु आवश्यक हुन्छ ।

धेरै परिवारले हामीलाई सोध्छन कि, हामीले आफ्नो प्रियजनलाई अन्तिम पटक देख्न पाइन्छ कि भनेर । तर अन्तेष्टिका लागि शिलबन्दीको काम गर्ने मासिमो मानकास्ट्रोपा भन्छन्, अनुमति छैन किनभने यो प्रतिबन्धित छ ।

प्राय मृतकको शरिर सोही व्यक्तिको मनपर्ने कपडाले ढाकिन्छ । शवको सजावटपछि अन्तिम संस्कार गरिन्छ ।

तर अहिले इटालीमा कोरोनाले मर्ने व्यक्तिको अन्तिम संस्कार उसको मन पर्ने कपडाबाट गर्न सकिदैन् । उनलाई अस्पतालको गाउनमा बेरेरे चुपचाप गाडिएको छ ।

मानकास्ट्रोपा भन्छन्, हामी यस्तो कठिन समयमा यो गर्न बाध्य भइरहेका छौं ।

उनी भन्छन्, हामीले परिवारले दिएका लुगाहरु आफैले शरिरमा लगायौं, ताकी मृतकले लगाएको जस्तो देखियोस् ।
उनीहरुसँग भरोसा गर्नुबाहेक अर्को कुनै उपाय छैन ।

‘उनीहरूसँग भरोसा गर्नु बाहेक अर्को कुनै उपाय छैन’

इटालिमा महामारीको बेला अन्डरटेकर आफुलाई नयाँ भूमिकामा देख्दैछन् । उ मृतकको परिवारको जस्तो, उनको मित्रको झैं काम गरिरहेको छ, भूमिका निभाइरहेको छ । उ मृतकको लागि पुजारी जस्तो स्वर्गको लागि प्राथना गर्दैछ ।
यो किनभने, कोरोनाबाट मर्ने प्रायजसो केशहरुमा उनीहरुका परिवारका सदस्यहरु क्वारेन्टाइनमा हुन्छन् ।

एन्ड्रिया सेराटो भन्छिन्, ‘हामी यो समय परिवारका लागि सबै जिम्मेवारी बहन गर्छौं ।’

सेराटो भन्छिन्, ‘हामी परिवारलाई शवको तस्विर पठाउँछौं र अस्पतालबाटै लासलाई लगेर गाड्छौं । परिवारका सदस्यहरुसँग हामीलाई विश्वास गर्नु बाहेक अरु कुनै बाटो छैन ।’

सेराटो भन्छिन कि उनको लागि सबैभन्दा गाह्रो काम भनेको उ परिवारको शोक क मगर्न केही गर्न सक्षम छैनन् ।

मृतकको परिवारलाई उनीहरुको लागि के गर्न सकिन्छ भनेर बताउनुको साटो उनीहरु अहिले गर्न नसकिने कुराहरुको सूचि बनाउन व्यस्त छन् ।

उहाँ भन्नुहुन्छ, हामी उनीहरुलाई लुुगा लगाउन सक्दैनौं । हामी तिनीहरुको कपालमा कंघी लगाउन सक्दैनौं । हामी उनीहरुलाई सजाउन सक्दनौं । हामी उनीहरुको मेकअप गर्न सक्दैनौं ताकी उनीह राम्रो देखिउन । यो सबै दुखी बनाउने पक्ष हुन् ।

मृतकप्रति समवेदना

सेराटो विगत ३० वर्षदेखि अन्डरटेकरको रुपमा काम गर्दैछन् । त्यो भन्दा पहिले उनका बुवाले पनि त्यस्तै गर्थे ।

उनीहरु विश्वास गर्छन कि साना साना चिजहरु पनि मृतकको परिवारको लागि महत्वपूर्ण छन् । उहाँ भन्नुहुन्छ, अन्तिम पटक आफन्तले मृतकको गाला मसार्न, उनीहरुको हात समाउँदै भक्कानिन र उनीहरुलाई मायालु नजरले हेर्न खोज्छन् । त्यो गर्न नपाउँदा आफैमा कष्टदायी हुन्छ ।

तर यो महामारीको युगमा सेराटो जस्ता धेरै व्यक्तिहर उनीहरुबाट टाढा राखेर परिवारसँग भेट गर्न बाध्य छन् ।
मृतकका आफन्तहरुको प्रयास छ कि मृतकले लेखेको नोट्स, परिवारको निशानी, चित्र वा कविताहरु सउको शवको नजिक राखिदेउन, ताकी तिनीहरु शवसँगै गाड्न सकियोस् ।

तर अहिले यी कुनै पनि चिजहरु शवगृहमा राखिएको छैन ।

व्यक्तिगत चिजहरु गाड्नु अहिले अवैध छ । यद्यपि यो कडा कदम हो, तर यो निर्णय कोरोनाको बढ्दो संक्रमण रोक्नका लागि लिइएको हो ।

यदि कुनै व्यक्ति घरमा मर्छ भने अन्डरटेकरलाई घरभित्र जान अनुमति दिइन्छ । तर उनीहरुले सुरक्षा गियरहरु जस्तै चस्मा, मास्क, ग्लोभ र कोट लगाएर पूर्ण रुपमा आउनु पर्छ ।

कुनै पनि व्यक्तिलाई आफ्नो प्रियजनको मृत्यू भएको देख्दा धेरै पिडा हुन्छ ।

तर महामारीको बिचमा इटालीका धेरै अन्डरटेकरहरु आफै क्वारेन्टाइनमा बसेका छन् । कोही आफ्नो व्यवसाय बन्द गर्नुपर्यो ।

मुख्य चिन्ता यो पनि हो कि मृत शरीरसँग नजिकबाट काम गर्नेहरुसँग पर्याप्ट मास्क र पञ्जा छैन ।

सेराटो भन्छन्, हामीसँग अर्को हप्तासम्म काम गरिरहन पर्याप्ट सुरक्षा गियर छ ।

तर यो सकिएपछि हामी अगाडि बढेर काम गर्न सक्नेछैनौं । बाँकी मानिसहरुले कसरी यस्तो अवस्थाको विरुद्ध प्रतिस्पर्धा गरिरहेका छन भनेर म कल्पना पनि गर्न सक्दिन ।

जानजा निकाल्न प्रतिबन्ध

भाइरस फैलिनबाट जोगिन इटालीले आपतकालीन राष्ट्रिय कानुन लागू गरेको छ जसअन्तर्गत जानजालाई हटाउने प्रतिबन्ध लगाइएको छ ।

यो रोमन क्याथेलिक मूल्य मान्यताहरु भएको देशका लागि अभूतपूर्व हो ।

यो दिनको कम्तिमा एक पटक हुन्छ जब सेराटोले लास गाड्दछ । र, कुनै परिवार वरिपरि देख्दैन, सबै क्वारेन्टाइनमा छन् ।

परिवारका एक वा दुई सदस्यलाइ गाड्दा शरीरको नजिक उभिन अनुमति छ, तर त्यो पर्याप्त छैन् । ‘तिनीहरुमध्ये कुनै पनि एक शब्द पनि बोल्न सक्ने स्थितिमा छैन, सबै मौन छन्’ मासिमो मनाकास्ट्रोपा भन्छन् ।

मासिमो भन्छन कि उ सकेसम्म यस्तो अवस्थाबाट बच्न खोज्छ । तिनीहरु आफ्नो कारमा एउटा ताबुत लिएर चर्च पुग्छन् र कारको पछाडिको ढोका खोल्छन र पास्टरलाई त्यहाँ मृतकका लागि प्राथना गर्न अनुरोधन गर्छन् ।

यसपछि केही सेकेन्टमा तिनीहरुको मृत शरीरलाई चिहान वा शवगृहमा लगिन्छ र त्यसपछि उनीहरु अर्को लास लिन बाहिर जान्छन् ।

इटाली नै कफिन

अहिले इटालीको अवस्था यस्तो छ कि शवगृह लासहरुले भरिएको छ र मर्नेहरुको संख्या दिनानुदिन बढ्दो छ ।

मार्च २३ देखि अहिलेसम्म ८ हजारभन्दा बढी मानिस कोरोना भाइरसको कारण मरेका छन जुन कुनै पनि देशमा भन्दा धेरै हो ।

सेरोटो भन्छिन्, ‘क्रेमोनाको हाम्रो अन्त्येष्टि घरबाहिर मानिसहरु लाइन लागेका छन् । यो एक सुपरमार्केट जस्तो छ ।’
‘उत्तरी इटालीमा अस्पतालका मुर्दाघरहरु मृत शरीरले भरिएका छन् । क्रेमोना नजिकका चर्चहरु एउटा गोदामजस्तो देखिन्छ’ मासिमो मानकास्टोपा भन्छन् ।

एकपछि अर्को एउटा कफिन चर्च आउँदैछ । सबैभन्दा बढी घटना इटालीमा बर्गामोमा भएको छ जहाँ सेनाले सहयोगको लागि आह्वान गर्नुपर्यो । सबै चिहानहरुमा कम ठाउँ छ ।

पछिल्लो साता एक रात सेनाको ट्रकमा ७० भन्दा बढी शवहरुलाई शहको भित्री सडकबाट लगियो । स्थानीयहरुले यो दृश्य चुपचाप देखे । प्रत्येक कफिनमा कसैको साथी वा आफन्तको शव रहेको थियो जसलाई नजिकको शहरमा गाड्नका लागि लगिएको थियो ।

यस्तो कठिन अवस्थामा इटालीका डाक्टर र नर्सहरु ज्यान बचाउन नायकको रुपमा उभिएका छन् ।

लास गाड्ने व्यक्तिहरुले पनि उनीहरुको कामका लागि प्रशंसा पाइरहेका छन् । मासिमो भन्छन्, मान्छेहरु हामीलाई केवल मृत शरीर गाड्नेवाला मात्र सोच्दैनन् ।

उनीहरु भन्छन कि इटालीका मानिसहरुले हामीलाई चेरोनजस्तो हेरिरहेका छन् । ग्रीक मिथकमा चेराँन एक नाविक हो जसले मर्नेको आत्मालाई स्वर्गमा पुर्याउँछन् ।

उनीहरु भन्छन् पहिला यो कामप्रति मान्छेको कम सम्मान थियो, अब मानिसको यो कामप्रति हेर्ने नजरमा परिवर्तन भएको छ ।

मासिमो भन्छन्, म तपाईंलाई आश्वस्त गर्न सक्छु कि हामी चाहन्छौं मृतकले यथासम्भव सम्मान पाओस् ।

जबदेखि इटालीमा कोरोना भाइरसको प्रकोप सुुरु भएको छ, सोसन मिडियामा #Andratuttobene (ह्याट्याग चाँडै अवस्था राम्रो हुनेछ) ट्रेन्डिङ भइरहेको छ । यसको अलवा मान्छेहरुले इन्द्रेणी इमोजी सेयर गरिरहेका छन् ।

अहिले यहाँ कुनै उज्यालो किरण देखिएको छैन । सबैको अनुरोध छ कि यो चरण चाँडै सकिएर जानेछ र सबै कुरा पहिले झैं सामन्य हुनेछ । तर, कसैलाई थाहा छैन यो अवस्था कहिलेसम्म रहिहन्छ ।

मा प्रकाशित

Trending

error: Content is protected !!