Connect with us

एजेण्डा

पुरै इन्डिया लकडाउन, मोदीले भने, ‘कर्फ्यु सम्झनुस्’

भारत सरकाले पुरै इन्डिया लकडाउन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवासीका नाममा सम्बोधन गर्दै आज राती १२ बजेदेखि लागू हुने गरि २१ दिनसम्म पुरै इन्डिया लकडाउन गरेको बताए ।

भारतमा कोरोनाको कहर बढ्दै गएपछि थप संक्रमण फैलिन नदिनका लागि इन्डिया लकडाउन गरिएको हो । यसअघि विभिन्न प्रान्तहरु लकडाउन र जनता कफ्र्यु लगाएको थियो । ‘यो एक तरहको कर्फ्यु नै सम्झनुस्’ भारतीय जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘तपाइहरु जति अनुशाशित भएर घरभित्र बस्नुहुन्छ, त्यति नै चाँडै पुरै हिन्दूस्तान सामान्य अवस्थामा फर्किने छ ।’

प्रधानमन्त्री मोदीले घरभित्र बसेर सहयो गर्न आग्रह गरेका छन् । ‘जब तपाइहरु २१ दिनसम्म धैर्य भएर घरभित्र बस्नुहुन्न, सरकारको आदेश मान्न अटेर गर्नुहुन्छ तब तपाईं परिवार र पुरै देश २१ वर्ष पछाडि धकेलिनेछ’ उनले भने, ‘तपाइहरुले घरको लक्ष्मण रेखा ननाघ्नुहोला ।’

विश्वभर कोरोना भाइरसका संक्रमण छोटो अवधिमै दोब्बर भन्दा बढीले बढिरहेको बताउँदै उनले भने, ‘यो भाइरसको कुनै उपचार छैन्, यसको एउटै उपाय हो तपाइँहरु घरको लक्ष्मण रेखा ननाघ्नुहोला ।’ हिन्दूस्तान र हिन्दूस्तानका नागरिकलाई सुरक्षित राख्न पुरै देश लकडाउन गर्नुपरेको उनले बताएका छन् ।

इटालीजस्ता मुलुक जहाँ स्वास्थ्य सेवा दुनियाँकै अब्बल छ, ती देशहहरु पनि कोरोनाको कहरबाट आक्रान्त भएको सम्झाउँदै भारतजस्तो मुलुकमा सुरक्षित रहनका लागि घरभित्रै बस्नु उत्तम उपाए भएको उनको तर्क छ । उनले आफ्नो ज्यान जोखिममा राखेर जनताको सेवामा काम गर्ने स्वास्थ्यकर्मी, मिडिया र सुरक्षाकर्मीको खुलेर प्रशंसा गरे । पुरै भारतबासीलाई महामारीमा काम गरिरहेका स्वास्थ्यकर्मी, मिडिया र सुरक्षाकर्मीको जीवनरक्षाका लागि प्राथना गर्न आग्रह गरे ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!