Connect with us

एजेण्डा

आइतबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, सोमबारदेखि लामो दुरीका बस

सरकारले आईतबारदेखि अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने बताएका हुन् ।

यसअघि नै कोरोना प्रभावित मुलुकबाट आउने उडान बन्द गरिएको थियो ।

अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा बन्द गरिए पनि आन्तरिक उडानहरु भने नियमित हुने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान बन्द नगरिएको बतायो ।

सरकारले सोमबारदेखि देशभर लामो दुरीमा चल्ने यात्रुबाहक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । देशभित्रका उडानहरु इथावत रहिरहँदा सडकमा गुड्ने यात्रुबाहक सवारी साधन चल्न पाउने छैनन् ।

कोरोना संक्रमण भएका मान्छेहरु आवात जावत गर्ने डरले सरकारले यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो ।

तर आपूर्ति सेवासँग सम्बन्धीत गाडीहरु निर्वाध रुपमा सञ्चालन भइरहने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराए ।
सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने भएको छ ।

मा प्रकाशित

Trending

error: Content is protected !!