Connect with us

एजेण्डा

यस्तो बन्दैछ बुटवलमा मुलुककै सुविधा सम्पन्न हस्पिटल (फोटोफिचर)

हेलिप्याडसहितको १० तले भवनमा सबै प्रकारको विशेषज्ञ सेवा उपलब्ध हुने बताइएको छ । प्रदेश सरकारले अगाडि सारेको अस्पताल निर्माणमा ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

बुटवल । प्रदेश ५ का बासिन्दाहरु टाउको दुख्दा पनि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्यः हुने भएको छ । बुटवलको पुरानो सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताललााई मुलुककै सुविधा सम्पन्न बनाउन लागिएको  हो ।

प्रदेश सरकारले लुम्बिनी अस्पताललाई भव्य सुविधा सम्पन्न बनाउने गुरुयोजना बनाएको छ । प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि सारिएको अस्पतालमा सबै प्रकारको विशेषज्ञ सेवा उपलब्ध गराउने गरि पुनःर्जिवन दिन थालिएको हो ।

यो लुम्बिनी अञ्चल अस्पतालका रुपमा परिचित छ । मुलुक संघीयतामा गएपछि लुम्बिनी प्रादेशिक अस्पताल बनेको हो । यो अस्पताल राजनीति र भ्रष्टचारको दलदलमा फसेको छ । सोही ठाउँमा सुविधा सम्पन्न अस्पताल बनाउन लागेको प्रदेश ५ सरकारले जनाएको छ ।

अत्याधुनिक अस्पतालको भवनको डिजाइन पनि तयार भइसकेको छ । १० तलाको भवनमा हेलिप्याडसहित अत्याधुनिक सेवाहरु उपलब्ध हुनेछन् । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने गरि लिफ्टको सुविधा हुनेछ । यो अस्पताल निर्माण गरि सञ्चालन गर्न ६ अर्ब लगानी हुने प्रदेश सरकारको अनुमान छ ।

भवन पुरै आधुनिक हुनेछ । प्रदेश सरकारले अस्पताल निर्माणका लागि अगाडिका सटरहरु पनि हटाइसकेको छ । यो अस्पताल सञ्चालनमा आएपछि जटिल खालका रोगका लागि पनि काठमाडौं धाइरहन नपर्ने प्रदेश सरकारको दाबी छ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!