Connect with us

एजेण्डा

नेपाल लकडाउन : एक सातासम्म घरबाहिर निस्कन नपाइने

सरकारले सर्वसाधारणलाई घरबाहिर निस्किन रोक लगाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबारदेखि एक सातासम्मका लागि मुलुक नै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको बिरामी भेटिए लगत्तै सरकारले सर्वसाधरणलाई घरबाहिर निस्कन रोकेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । १९ वर्षिय युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने बताएको छ ।

कोरोनाको महामारी अन्यत्र नफैलियोस भनेर सरकारले देश नै पूर्ण लकडाउन गरेको हो । मुलुक लकडाउन हुनु भनेको सरकारको कठोर निगरानी र सुरक्षाभित्र बस्नु हो । लकडाउन गरिएको क्षेत्रलाई सुरक्षकर्मीले चारैतिरबाट नियन्त्रण गर्छन् ।

लकडाउन पनि एक प्रकारको कफ्र्यू नै हो । यो महामारी फैलिँदासम्म लागू गरिन्छ ।

लकडाउन गरिएपछि भिडभाड हुने विद्यालय, स्कुल, कलेज, सिनेमा हल, मल, रेष्टुराँ, रिक्रियसन सेन्टर, बसपार्क, एयरपोर्ट, क्लब, हेल्थ क्लब लगायत सम्पूर्ण ठाउँहरु बन्द गरिन्छ ।

मान्छे एक ठाउँबाट अर्को ठाउँमा जान पाउँदैनन् ।

सरकारबाट अनुमति लिएका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्ष निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूूर्ण रोक लगाइएको छ । यो अवधिमा आन्तरिक उडान समेत बन्द गरिएको छ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाहरु सञ्चालन हुनेछन् । अन्य कार्यालय सञ्चालन गर्नका लागि आवश्यक कर्मचारी

मात्र सरकारी कार्यालयमा उपस्थित हुनेछन् ।

सरकारको निर्णयको पूूर्णपाठ

मा प्रकाशित

Trending

error: Content is protected !!