Connect with us

एजेण्डा

नेपालमै दैनिक ७० हजार मास्क उत्पादन (हेर्नुस् भिडियो)

व्यवसायी दीपक मलहोत्राले स्वदेशमै डिस्पोसेवल मास्क उत्पादन सुरु गरेका छन् । नेपाल चेम्बर अफ कमर्शसँगको सहकार्यमा मलहोत्राले दैनिक ७० हजार थान मास्क उत्पादन सुरु गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका मलहोत्राले बुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराए । स्वास्थ्य विभागमार्फत सरकारी अस्पतालमा मास्क वितरण हुनेछन् । केही निजी अस्पतालमा पनि मास्क वितरण गरेको उनले बताए ।

ललितपुरको लुभुस्थित गार्मेन्ट उद्योगमा राखिएको मेसिनबाट सोमबार साँझदेखि मास्क उत्पादन सुरु गरिएको हो ।

मंगलबारदेखि अकस्मात देश लकडाउन भएपछि कर्मचारी अभावमा उद्योग पूर्ण क्षमतामा चल्न सकेन । ‘बुधबारसम्म एक लाख पिस मास्क उत्पादन भयो’ उनी सुनाउँछन्, ‘हाम्रो लक्ष्य २ लाख मास्क उत्पादन गर्ने थियो ।’

हेर्नुस् भिडियो

विश्वभर कोरोना महामारी फैलिएसँगै देशमा डिस्पोसेवल मास्कको चरम अभाव भएको थियो । त्यही अभावलाई मध्यनजर गरि मलहोत्रा र चेम्बरको पहलमा स्वदेशमै मास्क उत्पादन सुरु गरिएको हो ।

मुलुक लकडाउन भइसकेको छ । सर्वसाधरण घरभित्रै सुरक्षित अवस्थामा बसिरहेका छन् । यस्तो अवस्थामा मास्कको आवश्यकता अस्पतालका स्वास्थ्यकर्मी, विरामी, सुरक्षाकर्मी लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई आवश्यक छ ।

मलहोत्राका अनुसार स्वास्थ्य विभागमार्फत सरकारी अस्पतालमा मास्क वितरण गरिनेछ । निजी अस्पताल, सुरक्षाकर्मी लगायतलाई कम्पनी आफैले मस्क वितरण गर्नेछ । उत्पादित मास्क चेम्बरका देशभर रहेका संयन्त्रमार्फत जिल्ला जिल्लाका अस्पतालमा पनि वितरण गरिनेछ । चेम्बरले बिहीबार (चैत १३ गते)देखि विभिन्न जिल्लामा मास्क वितरण गर्ने जनाएको छ ।

मास्क ७ रुपैयाँमा बिक्री गरिनेछ । यो मूल्य नाफा नराखी राखिएको परल मूल्य हो ।

मलहोत्राका अनुसार दैनिक उत्पादन हुने ७० हजार मास्कमध्ये ३५ हजार स्वास्थ्य विभागमार्फत सरकारी अस्पतालमा र बाँकी ३५ हजार निजी अस्पताल, सुरक्षाकर्मी, दुध, पानी, ग्याँस लगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई वितरण गरिनेछ ।

स्वदेशमा उत्पादित तत्काल सर्वसाधारणका लागि बिक्री गरिने छैन् । मलहोत्राले आफ्ना सामसङ, स्याङयोङ लगायतका ३१ वटा शोरुमबाट सर्वसाधारणलाई मास्क बिक्री गर्ने योजना बनाएका थिए । त्यो पनि मुलुक लकडाउन भएपछि सम्भव भएन । बजारमा पठाउँदा कालो बजारी हुने र उपभोक्ताले महंगो मूल्य तिर्नुपर्ने भएकोले आफै ७ रुपैयाँमै बिक्री गर्न खोजेको मलहोत्राले सुनाए ।

मलहोत्राले मास्क उत्पादन गर्ने मेसिन भारतबाट ल्याएका हुन् । करीव ५० लाख रुपैयाँ परेको मेसिनलाई भन्सार, ढुवानी खर्च र कच्चा पदार्थसहित उत्पादन सुरु गर्दा १ करोड रुपैयाँ लगानी पुगेको बताउँछन् ।

मा प्रकाशित

Trending

error: Content is protected !!