एजेण्डा
नेपाली कांगेसद्धारा सातै प्रदेशसभाका सदस्य र व्यवसायीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको लगानी पूर्वाधार र रोजगार विशेष समितिले कोभीड–१९ ले अर्थतन्त्रमा पारेको असर, प्रदेशको आगामी बर्षको बजेटका उदेश्यका बारेमा बारेमा सातै प्रदेशका सदस्यहरु र उद्योगी व्यवसायीहरुसँग छलफल गरेको छ ।
विशेष समितिका संयोजक विनोद चौधरीले कोभिडका कारण समस्यामा परेको अर्थतन्त्रलाई पुनःउत्थान गर्न संघीय सरकार र प्रदेश सरकारले लिनु पर्ने नीति र आगामी आर्थिक बर्षको बजेटमार्फत् सम्बोधन गरिनुपर्ने बताए ।
चौधरीले कोभिडका कारण अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने भन्दै त्यसको असर कम गर्न लागि हामी सबैको सामुहिक प्रयास जरुरी भएको उल्लेख गरे ।
कोभिडले हाम्रो जीवनसैलीमा आउने परिवर्तन, व्यवसाय सञ्चालनमा हामीले सोच्नुपर्ने नविनतम उपायहरु र प्रमुख विपक्षीको रुपमा प्रदेश सभामा हामीले खेल्नुपर्ने भूमिका बारेमा उनले विस्तृत चर्चा गरेका थिए ।
समितिका सहसंयोजक उमेश श्रेष्ठले अब पनि व्यवसाय निर्वाध सञ्चालन गर्न नसके अर्को वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने बताए । संघीय वजेटले स्वास्थ्य, शिक्षा र कृषिलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न असफल हुँदा त्यसको असर प्रदेश बजेटमा पर्ने चिन्ता उनको थियो ।
समितिका सहसंयोजक पूर्वमन्त्री दीपक खड्काले यो समिातिले उद्योगी व्यवसायी र राजनैतिक नेताहरुको वीच पुलको काम गर्ने बताए ।
कार्यक्रममा समितिका सदस्यहरु अनिल रुंगटा, छत्र गिरी र खगेश्वर वोहोराले विभिन्न प्रदेशको कार्यक्रम संयोजन गर्दै सबैका विचारहरुमा टिप्पणी गरे ।
कार्यक्रममा संघीय सरकारको २०७७।०७८ को नीति तथा कार्यक्रम, वजेट र आगमी दिनमा मौद्रिक नीतिमा उद्यमी व्यवसायीका चासोका बारेमा समितिका तर्फवाट सबैलाई जानकारी गराईएको थियो ।
कार्यक्रममा सहभागीहरुले आफ्नो प्रदेशमा कोभिड १९ ले पारेको प्रभाव, प्रदेशको आगामी वर्षको बजेटले समेट्नुपर्ने विषय, प्रदेशको मुहार फेर्ने आयोजनाका बारेमा आफ्नो आफ्नो धारणा व्यक्त गरे ।
सबैजसो प्रदेशका सहभागीहरुले अबका दिनमा लामो लकडाउनका कारण कोभिड १९ का कारणले भन्दा अरु रोगले धेरैको ज्यान गएको, आत्महत्याको दर बढेको, सुत्केरी मृत्युदर भयाभह भएको विचार राखेका थिए । लकडाउन बढ्दै गएमा कोभिड १९ ले भन्दा भोकले धेरैको ज्यान जाने चिन्ता सहभागीहरुको थियो ।
प्रदेश १ का सहभागीहरुले उद्योग धन्दा बन्द रहेको, मेची र विराटनगर नाकाबाट निर्वाध नागरिकहरुको आगमन रहेकोले ठुलो जोखिम रहेको कुरा बताए । उनीहरुले विराटनगर कोरोडोरमा मात्रै ५ सय उद्योग बन्द हुँदा ९० हजारको रोजगारी जोखिममा रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।
अब विदेशबाट आउने युवाहरु श्रमिक नभई नेपालमा श्रम गर्न नचाहेर विदेश गएर मालिक वन्न चाहेका नेपाली भएको उल्लेख गर्दै उनीहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण रहको सहभागीहरुको विचार थियो ।
प्रदेश १ को कार्यक्रममा उद्यमीहरु महेश जाजु, उदय चापागाईं, नरेन्द्र कुमार खड्का, सुबोध कोइराला, अविनास बोहोरा र वीरेन्द्र साहले भाग लिएका थिए । प्रदेशसभाका माननीय सदस्यहरु विन्दिया कार्की, केदार कार्की, ओम प्रकाश सरावगी, शेखर चन्द्र थापा, नवोदिता चौधरी, र राजिव कोइराल सहभागी थिए ।
प्रदेश २ का सहभागीहरुले प्रदेशको भौतिक पूर्वाधार अत्यन्त नाजुक छ, सिमानाबाट हजारौंको संख्यामा नेपालीहरुको दैनिक प्रवेश भइरहेको तर उनीहरुको व्यवस्थापन गर्न नसकिएकोले पुरै प्रदेश आतंकित छ भन्ने विचार सहभागीहरुको रह्यो । देशमा सबैभन्दा धेरै उद्योग रहेको यो प्रदेशमा सबैभन्दा धेरै समस्या पनि यहीं रहेको उल्लेख गर्दै सहभागीहरुले अबको बजेटले यी समस्या समाधानका उपायहरुका ध्यान दिने आसा व्यक्त गरे ।
प्रदेश २ को कार्यक्रममा कांग्रेस महासमिति सदस्य डा. सुभाष चन्द्र यादव, व्यवसायी अशोक वैद्यले आफ्नो आफना् धारणा व्यक्त गर्नुभएको थियो भने प्रदेश सभाका माननीय सदस्यहरु शोभा लामा, वीरेन्द्र सिंह, शंकर चौधरी, सुरेन्द्र चौधरी, गीता यादव र राजेश्वर शाह र रामसरोज यादवले प्रदेश सरकारका वजेटका अब हुनुपर्ने प्राथमिकताका बारेमा प्रकाश पारेक थिए ।
वागमती प्रदेशका सहभागीहरुले काठमाडौं हेटौंडा सरुङ मार्गले यो प्रदेश र पुरै देशको मुहार परिवर्तन गर्ने वताउँदै अहिले कामदार र उद्योगलाई उत्पादन र वितरणसँग मात्रै जोडेर नपुग्ने बताए । साना व्यवसाय डुवे ठुला चन्न नसक्ने हुँदा अबको दिन मागमा केन्द्रित हुने र त्यो कठिन हुने उनीहरुको विचार थियो । यो प्रदेशले आगमी बर्ष पूर्वाधारमा धेरै खर्च गर्नुपर्नेमा सहभागीहरुको एकमत थियो ।
वागमती प्रदेशको कार्यक्रममा व्यवसायीहरु लेखराज पोखरेल, अमिर राणा र निर्मला पण्डितले भाग लिएका थिए भने प्रदेशसभाका माननीय सदस्यहरु विजुला वर्मा, छिरिङ दोर्जे लामा, प्रभात तामाङ, निमा लामा र राधा घलेले आफ्ना आफ्ना विचार प्रस्तुत गरेका थिए ।
गण्डकी प्रदेशको कार्यक्रमका सहभागीहरुले यो कोभिड १९ सत्ताधारी पार्टीहरुका लागि अबसर भएको तर उद्योग धन्दाका लागि अभिषाप भएको वताए । पर्यटन उद्योगको मेरुदण्ड यो प्रदेश कोभिड १९ का कारण त्रसित भएको सहभागिहरुको भनाई थियो ।
गण्डकी प्रदेशको कार्यक्रममा व्यवसायी आनन्दराज मुल्मीले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए । यस्तै, प्रदेशसभाका माननीय सदस्यहरु प्रकाश दवाडी, मेखलाल श्रेष्ठ, ओमकला गौतम, विष्णु लामिछाने, मन कुमारी गुरुंग र कृष्ण चन्द्र नेपालीले आफ्ना आफ्ना विचार मार्फत आगामी बजेट मार्फत सरकारले सम्बोधन गर्नुपर्ने विषयहका बारेमा बोलेका थिए ।
कार्यक्रममा समितिका सदस्य सूर्य बहादुर केसीले अवका दिनमा नेपाली श्रम वजारमा दक्ष श्रमिकको अभाव हुनेहुँदा त्यसको प्रभाव उत्पादन र लागतमा पर्ने बताए ।
प्रदेश पाँचको कार्यक्रममा सहभागी हुँदै सहभागीहरुले यो प्रदेश देशको खाद्य भण्डार र वुद्धको जन्मभूमी भएकोले कृषि र पर्यटन यसको विकासका आधार हुन् भन्ने विचार व्यक्त गरे ।
अहिले कोभिड १९ को सबैभन्दा धेरै असर यही प्रदेशमा परेकोले त्यसको असर कम गर्ने नीति आगामी बजेटले लिनुपर्ने यो प्रदेशका सहभागीहरुको रह्यो ।
यो प्रदेशको कार्यक्रममा व्यवसायीहरु गोपाल अधिकारी, सतिस अग्रवाल र खुबरुद्धिन खाँले भाग लिनुभएको थियो भने प्रदेश सभाका माननीय सदस्यहरु अष्टभूजा पाठक, निर्मला क्षेत्री, वीरवहादुर राना, सुरेन्द्र हमाल र वीरेन्द्र कनौडियाले आफ्ना विचारहरु व्यक्त गरेका थिए ।
कर्णाली प्रदेशको कार्यक्रमका सहभागीहरुले यातायातको समस्या नै कणाएलीको विकासको अबरोध भएकोमा एक स्वरले वर्णन गरे । महत्वपूर्ण जडिबुटि देखि लिएर राराताल सम्मको यो क्षेत्रको वजेटले कनेक्टिभिटीमा ध्यान दिनुपर्ने सहभागीहरुको विचार रह्यो ।
यो प्रदेशको कार्यक्रममा व्यवसायी तथा समितिका सदस्य विष्णु वहादुर खड्का र व्यवसायी हर्ष बहादुर खड्काले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो भने प्रदेश सभाका सदस्य माननीय जीवन शाहीले विस्तृतमा प्रदेश विकासको खाका वर्णन गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको छलफल कार्यक्रमका सहभागीहरुले नेपाल भारत सीमावाट आएका नेपालीहरुको जाँच राम्रो नहुदा कोरोनाको स्थिति भयावह भएको बताए । पचास प्रतिशत जनसंख्या गरिवीको रेखा मुनी रहेको यो प्रदेशमा कोभिड १९ का कारण यो संख्या अझैं बढ्न जानाले अबका दिन रोजगारी केन्द्रित कार्यक्रम ल्याउनुको विकल्प नरहेको विचार व्यक्त गरे ।
सुदुर पश्चिम प्रदेशको कार्यक्रममा व्यवसायीहरु माधव भट्ट र कृष्ण राज पाठकले आफ्ना धारणा राख्नुभएको थियो भने प्रदेश सभाका माननीय सदस्यहरु अम्विका थापा, गोविन्द बोहोरा, नन्दा वम, भरत खड्का र रण वहादुर रावलले कोभिडका कारण उत्पन्न समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पर्शुराम नगरपालिकाका मेयर भीम वहादुर साउदले अहिलेको जटिल स्थितिको स्थलगत विवरण वर्णन गरेका थिए ।
विशेष समितिले कार्यक्रमको छलफलमा उठेका सबै विषयहरु समेटेर विस्तृत प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनले प्रदेशहरुले आगामी आर्थिक बर्षका लागि ल्याउन लागिएको बजेटमा सम्वन्धित प्रदेशका जनताका समस्या सम्बोधन गर्न मार्गनिर्देश गर्नेछ ।
