Connect with us

एजेण्डा

यी हुन् प्रधानमन्त्रीको सम्बोधनका ७ मुख्य बुँदाहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने बताएका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै उनले चैत ९ गतेदेखि १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने र चैत १० गतेदेखि केही अवधिका लागि देशभर चल्ने लामो दुरीका यात्रुबाहक बसहरु सञ्चालनमा रोक लगाएका छन् ।

 

सम्बोधनका ७ हाइलाइट

१) नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ।

२) सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरूसंग आवश्यक समन्वय गरिने छ।

३) देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।

४) आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।

५) मानिसहरूको भिडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ।

६) विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरू हाललाई स्थगित गरिएको छ।

७) महामारीको अवस्थालाई हेरी, यहाँहरूकै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने छ।

मा प्रकाशित

Trending

error: Content is protected !!