Connect with us

एजेण्डा

संसदमा प्रधानमन्त्री भारतप्रति आक्रमक ! भने, ‘हाम्रो भूमि फिर्ता गर’

देशप्रेम कि सत्ता टिकाउने दाउ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रम गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याएरै छाड्ने ठोकुवा गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याएर छाड्ने दृढता व्यक्त गरेका हुन् ।

कोही रिसाउँछ कि भनेर अतिक्रमित भूमि फिर्ता ल्याउन आफु पछि नहट्ने उनको ठोकुवा गरे । ‘अब लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई सेलाउन दिँदैनौं’ उनले भने, ‘कुटनीतिक वार्ताको माध्यमबाट अतिक्रमित भूमि फिर्ता लिन्छौं ।’

संसदलाई संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओली भारतप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनले नेपालको भूमि भारतले अकुपाई गरेर विवादास्पद बनाएको बताए ।

भिडियोमा हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर बनाएको नयाँ नक्सा पारित गरिसकेको छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने प्रतिवद्धता जनाइएको थियो ।

प्रधानमन्त्री ओलीले वुहानबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बोल्न सुरु गरेका थिए । उनले संसदमा ३ घण्टा समय खर्चिएका थिए । संवोधनका क्रममा उनले संसदमा पटक पटक दोहोर्याउँदै भने, ‘तमासा गरिएको होइन, देखवाटी गरिएको पनि होइन, हाम्रो भूमि फिर्ता गर्छौं ।’

प्रधानमन्त्री ओलीले नेपालको स्वाभिमानमाथि निम्छरा शब्द प्रयोग नगर्न पनि चेतावनी दिए । उनले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुुलामीमा नचलेको हुनाले कुनै विषयमा अरुको उक्साहट वा दबाबमा नचल्ने जवाफ फर्काए । नेपालले कहिल्यै दासतव नस्वारेकोले लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको उनको स्पष्ट पारे ।

यसअघि भारतीय प्रधानसेनापति नरवानेले चीनलाई संकेत गर्दै कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरु कसैको निर्देशनमा भएको आरोप लगाएका थिए ।

प्रधानमन्त्रीले भारतको राष्ट्रिय प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भारत ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’ भन्दै प्रश्न गरे । र भने, आफुहरु सत्यमेव जयतेको पक्षमा छौं । उनले थपे, ‘भारतको एउटा प्रतीक चिह्न छ, त्यो भारत भनेर चिनिने ।अशोकाले स्थापना गरेको चारमुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ । त्यसको मुनि सत्यमेव जयते लेखेको हुन्छ । म म सोध्नेवाला छु भारतलाई, सत्यमेव जयते कि सिंह जयते रु सिंहमेव जयते कि सत्यमेव जयते ? दुईटै लेख्या छ छन चैं । मास्तिर सिंह छन् चारमुखे, तल्तिर सत्यमेव जयते छ । त्यसकारण म विश्वास गर्छु, नेपाल विश्वास गर्छ, हामी सबै विश्वास गर्छौं, सत्यमेव जयते । त्यसकारण हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं । किनभने, सत्यमेव जयते । अरु तपशीलका कुराहरु म पछि भन्नेछु ।’

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा भारतबाट भित्रिएको कोरोना भाइरस अरु देशको भन्दा कडा भएको टिप्पणी गर्न भ्याए । ‘अहिलेसम्म वुहानबाट आएको भाइरस नरम देखिएको थियो, इटालीबाट आएको कोरोना पनि नरम देखिएको थियो, दुबईबाट आएको भाईरस पनि नरम नै देखियो, तर भारतबाट भित्रिएको अलि कडा भाइरस देखिएको छ’ उनले भने ।

उनले नेपालमा कसैले पनि कोरोनाको कारण ज्यान गुमाउन नपरोस भनेर प्रयास गर्दा गर्दै २ जनाले ज्यान गुमाउनु परेको भन्दै दुख व्यक्त गरे । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपाउने उनले दाबी गरे । जबकी अहिले नेपालमा कोरोनाको तयारी विश्वकै सबैभन्दा झुर भनेर सर्वत्र विरोध भइरहेको छ ।

‘हाम्रो देशमा कोरोना छिर्दा सम्पूर्ण विश्व नै कोरोनासँग लड्न सक्ने गरि समथ्र्य बनाइसकेका थिएन, त्यो खालको तयारी विश्वकै थिएन’ प्रधानमन्त्रीले भने । नेपालमा भारतबाट संक्रमित भएर आउनेहरुको संख्या धेरै रहेको बताउँदै उनले भने, ‘भारतबाट आएर आवश्यक सावधानी नअपनाइदिदा अवस्था गम्भिर बन्दै गएको हो ।’

कोरोनाले विश्व नै हल्लाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसले मानव जातिको अस्तित्वलाई नै चुनौती दिएको बताए । उनले भने, ‘अहिलेसम्म एउटा मात्र देश कोरोनामुक्त छ । हामी पनि कोरोनामुक्त देश घोषणा गर्नेवाला थियौं, तर बाहिरबाट भित्रिने भिड रोक्न नसक्दा भयावह अवस्थामा पुगेका हौं । अझै पनि संक्रमण रोक्न नसक्ने होइन, रोक्न सकिन्छ, यसका लागि सिंगो राष्ट्र नै एकजुट हुनुपर्ने र लकडाउनलाई पूर्ण पालना गर्नुपर्छ ।’

Trending

error: Content is protected !!