Connect with us

कभर स्टोरी

विजनेश गुरू विनोद चौधरीको व्यवस्थापनका शिष्यहरूलाई दिक्षा

अर्बपतिको सफलता शुत्र : स्किल, स्केल र स्पिड !

सर्वप्रथम म आफ्नै बारेमा केही कुरा सेयर गर्न चाहान्छु । मैले भक्तपुरस्थित सरकारी विद्यालय आदर्श माध्यमिक विद्यालयमा माध्यमिक तहको अध्ययन गरेको हुँ । हामी विद्यालय जाने समय र भक्तपुरका किसानले काठमाडौंमा तरकारी बेचेर फर्किने समय एउटै पथ्र्यो । रत्नपार्क–भक्तपुर रूटमा चल्ने पब्लिक बसमा भिडाभिड हुन्थ्यो । म सानो फुच्चेले बसमा कसरी सिट पाउनु ! अनि एउटा जुक्ति लगाएँ– बस आउनासाथ ड्राइभरसँगैको झ्यालबाट झोला फुत्त सिटमा फयाक्ने अनि टायरमा टेकेर झ्यालबाट भित्र छिर्ने । यो उपाय कामयावी सावित भयो । मैले यहि तरिका अपनाएर विद्यालय आउजाउ गरेँ । के यस्तो दुःखका साथ पढेको केटो एसएलसी बोर्डमा आउन सम्भव होला ? तपाइँहरूको सविनय जानकारीका लागि म एसएलसी बोर्डमा ‘टप फाईभ’मा आएको थिएँ ।

०००

 मैले त्रिभूवन विश्वविद्यालय अन्र्तगतकै सरस्वती बहुमुखी क्याम्पस, ठमेलमा अध्ययन गरेको हुँ । क्याम्पसको माहौल यस्तो थियो कि गए पनि हुने नगए पनि हुने । पढें पनि हुने नपढें पनि हुने । क्याम्पस राजनीतिको अखडा बनेको थियो । तर मेरो जग यति बलियो थियो कि सायद पढ्दै नपढी पनि उत्कृष्ट अंक हासिल गरेको थिएँ ।

०००

केही समयअघि म बेलायतको अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दै थिएँ– अक्सफोर्ड विश्वविद्यालयले सफल विजनेशम्यान बनाउछ भन्ने विश्वास राखेर तपाइँहरू यहाँ अध्ययन गरिरहनु भएको छ भने त्यो भ्रमबाट अहिले नै मुक्त हुनुस् । अक्सफोर्डको प्रमाणपत्र तपाइँ विजनेशम्यान भएको लाईसेन्स होइन । मलाई भन्न सक्नुहुन्छ– यस विश्वविद्यालयमा पढेका कतिजना तपाइँका सिनियरहरूको नाम फोब्र्स बिलेनियर सूचिमा छ ? यदि यो विश्वमा नाम चलेका विश्वविद्यालयमा पढेका विद्यार्थीहरू मात्रै सफल विजनेशम्यान हुन्थें भने मेरो नाम फोब्र्स अर्बपतिको लिस्टमा कहिल्यै पर्ने थिएन । किनभने मैले नेपालको त्रिभूवन विश्वविद्यालयमा अध्ययन गरेको हुँ । र, मेरो विश्व विश्वविद्यालय विश्वका चर्चित विश्विद्यालयमाको सूचिमा पर्दैन ।

०००

तपाइँहरूमध्ये केहीलाई लागिरहेको होला– विश्वमा नाम चलेका विश्वविद्यालयमा पढ्न पाइ“न । त्यसैले जीवनमा सफलता हासिल गर्न गाह्रो छ । त्रिभूवन विश्वविद्यालयमा अध्ययन गरेर उच्चतम सफलता हासिल गर्ने सपना देख्न सकिदैन । यदि यस्तो सोंचिरहनुभएको छ भने तपाइँ विल्कुल गलत सोंचिरहनु भएको छ । आजको दुनियाँमा ज्ञानको एकाधिकार अमेरिका वा बेलायतका कुनै अमूक विश्वविद्यालयमा सिमित छैन । आजको दुनियाँमा नयाँ श्रृजना, नयाँ विजनेश आइडिया वा नयाँ सेवाका सोंचहरूमा कुनै अमूक विश्वविद्यालयको एकाधिकार रहन सक्दैन ।

कुनै अमूक देशको एकाधिकारको जमाना पनि अब रहेन । र, कुनै अमूक अमूक व्यवसायिक पृष्ठभूमिका परिवारको पनि केही चल्दैन । आजको दुनियाँमा केही कुराले अर्थ राख्छ भने त्यो हो सपना देख्न सक्ने तागत । सपनालाई पछ्याउन सक्ने धैर्यता । र, सपना सकार बनाईछाड्ने दृढ इच्छाशक्ति । कुनै विश्वविद्यालय, कुनै भूगोल वा कुनै रोयल र विजनेश फ्यामलीको लिगेसीमा जोडिदैमा मात्रै केही हुनेवाला छैन ।

०००

त्यसैले अमेरिका, बेलायत वा युरोपका विश्वविद्यालयमा पढ्न पाईन भन्ने गुनासो छ भने त्यसलाई आज यहि हलमै छाडेर निस्किनु होला । तपाइँले कुन विश्व विद्यालयमा पढ्नुभयो भन्ने कुराले खास अर्थ राख्दैन । तपाईंले आफुलाई जीवनमा कुन हैसियतमा स्थापित गर्ने सपना देख्नु भएको छ भन्ने कुराले मात्रै खास अर्थ राख्छ । तपाईंको यो उमेर आफ्नो भविष्यको सपना देख्ने उमेर हो । त्यसैले सपना देख्नुस् । र, सपनालाई पछ्याउनुस् । जबसम्म त्यो साकार हुदैन ।

०००

तपाइँहरूले पक्कै पनि अमिर खानका चलचित्र ‘तारे जमिन पर’ र ‘थ्रि इडियट्स’ हेर्नु भएकै होला । यि चलचित्रमार्फत् उनले सन्देश दिएका छन्– परिक्षामा दिइने प्रश्नपत्रको उत्तर घोकेर विद्यार्थीले उच्च अंकले भरिएको प्रमाणपत्र पाउन सम्भव छ । तर, त्यो प्रमाणपत्र प्राप्त व्यक्तिले ज्ञान प्राप्त गरेको छ भन्ने कुनै ग्यारेन्टी हुदैन । अमिर खानले आफैलाई उदाहरण दिदै भनेका छन्– आम मानिसले मलाई राम्रै कलाकारको दर्जा दिएका छन् । तर, कसैले मलाई तँ राम्रो कलाकार भएको प्रमाण के छ भनेर सोध्यो भने म सँग राम्रो कलाकार हुँ भनेर प्रमाणित गर्ने कुनै प्रमाणपत्र छैन । यस्तो प्रमाणपत्र मलाई कसैले दिएको पनि छैन ! यदि कसैले यहि प्रश्न म सँग ग¥यो भने मैले आफुलाई सफल विजनेशम्यान हुँ भनेर देखाउने कुनै प्रमाणपत्र म स“ग पनि छैन ।

०००

प्रमाणपत्र एउटा गोरेटोबाट नयाँ राजमार्गलाई जोड्ने पुल अवस्य पनि हो । तर, यो आफैमा सफल जीवनको पर्याय भने होइन । जसले जति राम्रो अंक ल्याएर डिग्रि प्राप्त गर्नु भएको छ तपाई“ले त्यति नै धेरै मेहनत गरेर आफुलाई आफैले प्रमाणित गर्न पनि बाँकी छ ।

तपाइँहरूले प्राप्त गर्नु भएको प्रमाणपत्रले त्यहि दिन मात्रै इज्यत पाउनेछ जुन दिन तपाइँले यो समाजमा अरूलेभन्दा नयाँ, अरुलेभन्दा राम्रो र अरुलेभन्दा फरक तरिकाले काम गरेर आफुलाई प्रमाणित गर्नुहुनेछ । उच्च अंकले भरिएको प्रमाणपत्र स्वयंले तपाइँको सफल भविष्यको ग्यारेन्टी गर्दैन । तर, त्यसले तपाइँलाई थप नयाँ काम गरेर आफुलाई प्रमाणित गर्न प्रोत्साहन भने पक्कै पनि गर्नेछ । यो दुनियाँका विश्वविद्यालयहरूले ‘टिचिङ’ गरिरहेका छन् । तर हामीलाई ‘लर्निङ’ चाहिएको छ ।

०००

तपाईंमध्ये कति जनाले २५ बर्षको उमेरको लक्ष्य निर्धारण गर्नु भएको छ जतिबेला तपाइँहरूलाई विश्वविद्यालयले विदाई गरिसकेको हुनेछ ?

फोर्ब्सले विश्वभरका सफलताका स्टोरीहरूको रिसर्चबाट भनेको छ– ३० बर्षभन्दा कम उमेर सफलता हासिल गर्न सबैभन्दा उपयुक्त समय हो । यो ‘डिजिटल वल्र्ड’को युग हो । सूचना प्रविधिका श्रृजनशिल सोंचहरू कार्यान्वयनमा ल्याउने सबैभन्दा उत्तम समय ३० बर्षभन्दा कम उमेर हो ।

म तपाइँहरूका अगाडि पाँच जना यस्ता व्यक्तिहरूको नाम लिन चाहान्छु जो आफ्नै बलबुँतामा ३० बर्षभन्दा कम उमेरमा डलर अर्बपति बनेका थिए ।

१. केली जेनर
फोर्ब्सको यस बर्षको अर्बपतिको लिस्टमा २१ बर्षे एकजना केटीको नाम समावेश छ– केली जेनर । उनी सबैभन्दा कान्छि अर्बपति हुन् । तीन बर्षअघि उनले कस्मेटिक विजनेश शुरु गरेकी थिइन् । टेलिभिजनमा रियालिटी शो कार्यक्रम चलाउछिन् । मोडलिङ गर्छिन् । उनी सेल्फ मेड अर्बपति हुन् । आफ्नै प्रयासबाट यति सानो उमेरमा उनी विश्वका अर्बपछि क्लबमा ज्वाइन गरेकी छन् ।

२. सर्गेयी ब्रेन
उनी गुगलका सह–सस्थापक हुन् । गुगलको स्थापना गरि अर्बपति क्लबमा प्रवेश गर्दा उनी ३० बर्षका मात्रै थिए । अहिले उनी विश्वका १४औँ धनी व्यक्ति हुन् करिब ५० अर्ब डलरका साथ ।

३. प्याट्रिक कोलिसन
प्याट्रिक कोलिसनले अनलाईन पेमेन्ट कम्पनी ‘स्ट्राईप’को स्थापना गरि अर्बपतिको सूचिमा नाम लेखाउदा २८ बर्षका मात्रै थिए । आज उनको कम्पनी २२ अर्ब डलरको छ ।

४. बबी मर्फे
बबी मर्फे स्न्यापच्याटका सह–सस्थापक हुन् । २७बर्षको उमेरमा उनी डलर अर्बपति बनेका थिए । हाल उनी २ अर्ब डलरका मालिक हुन् ।

५. मार्क जुकरवर्ग
मार्क जुकरवर्गले २३ बर्षको उमेरमा फेसबुकको श्रृजना गरि अर्बपति क्लबमा प्रवेश गरेका थिए । आज उनी ६२ अर्ब डलरका साथ विश्वका आठौं धनी व्यक्ति हुन् ।


मलाई थाहा छ– तपाइँहरू  सबैजना फेसबुक चलाउनुहुन्छ । मलाई यो पनि थाहा छ कि तपाईहरूमध्ये धेरैले अहिले मलाई लाईभ गरिरहनु भएको छ । फेसबुकका श्रृजनाकार मार्क जुकरवर्क हुन् भन्ने पनि तपाइँहरू सबैलाई थाहा छ ।

तर तपाइँहरूलाई के थाहा नहुन सक्छ भने उनका बाबुआमा अर्बपति थिएनन् । उनका बाबुआमाले जुकरवर्गलाई लगानी गर्न अर्बौ डलर दिएका कारण उनी विश्वका टप फाईभ अर्बपति बनेका होइनन् । उनका बाबु सामान्य डेन्टिस्ट थिए ।

०००

म विश्वका छैठौँ धनि अमान्सियो ओर्टेगाको बारेमा पनि केही बताउन चाहान्छु ।
उनी सन् १९३६ मा स्पेनको उत्तरपश्चिममा जन्मिए ।

उनका बाबु रेलवे र रोडमा मजदुरको काम गर्थे । उनकी आमा सामान्य हाउस वाईफ थिइन् ।

परिवार गरिवीको चपेटामा थियो । परिवारको खर्च चलाउन गाह्रो भएपछि १३ बर्षको उमेरमा उनले एउटा कपडा पसलमा काम गरे ।

त्यही गरिव केटा अहिले विश्वको छैठौं नम्बरको अर्वपति छन्, ७० अर्ब डलरका साथ । आजको फेसन दुनियाँको वादशाह ! उनी विश्वविख्यात इन्डिटेक्स कम्पनीका मालिक हुन् जसले विश्वभर ‘जारा फेसन चेन’ चलाईरहेको छ । विश्वभरका प्रमुख ७५०० शहरहरूमा उनका स्टोर्स छन् । म्याड्रिड, वार्सिलोना, लण्डन, सिकागो, मियामी, न्यूयोर्क लगायत शहरमा रियल स्टेट कारोबार फैलिएको छ ।

स्रोत छैन भन्दै टोलाएर बसेको भए के उनीहरूले यो उपलब्धी हासिल गर्न सम्भव हुन्थ्यो ? तपाईहरूका बुवा किसान हुनुहोला । शिक्षक हुनुहोला । सानोतिनो व्यवसाय चलाइरहनु भएको होला । गाडी चालक हुनुहोला वा कोही वेरोजगार नै पनि हुनुहोला । तर म निश्चिन्तका साथ भन्न सक्छु तपाईहरूका बुबा अमान्सियो ओर्टेगाको बुबाभन्दा खराब हालतमा हुनुहुन्न ।

आजको विश्व सूचना प्रविधीका नयाँ नयाँ प्रयोगबाट रातारात तरक्की गरेको समय हो । एउटा नयाँ उपलब्धीले दोस्रो दिन विश्व बजार हल्लाउने र तेस्रो दिनमै अर्बपति क्बलमा सामेल हुने समय हो । तपाईँहरुलाई थाहा छ, यसको सबैभन्दा ठूलो फाईदा कसले उठाईरहेका छन् । फोब्र्सको अध्ययनले भन्छ ३० बर्षभन्दा कम उमेरका युवाहरुका लागि यो स्वर्णयुग हो । मैले यो हलमा त्यही स्वर्णयुगका हकदार युवाहरु नै देखिरहेको छु ।

तपाइँहरूलाई लाग्न सक्छ– उनीहरू विकासित समाजमा जन्मिएका थिए । विकसित देशमा हुर्किएका थिए । त्यसो भए म तपाईँहरूसँग नेपाली युवाका तीनवटा कथा सेयर गर्ने अनुमति चाहान्छु ।

१. पाइला टेक्नोलोजी
त्रिभूवन विश्वविद्यालय अन्तर्गतकै पुल्चोक इन्जिनियरिङ कलेज रोबोटिक्स विभागका सात जना विद्यार्थी सागर श्रेष्ठ, रविन गिरी, विनय राउत, आयुस कसजु, वसिम अक्रम खान, नीरज बस्नेत, दीपकमल भुसालले रोवोट उत्पादन गरिरहेका छन् । त्रिभूवन विश्वविद्यालयको साईन्स म्युजियममा आउने अध्येताहरूलाई उनीहरुले उत्पादन गरेको रोबोटले गाइड गर्छ । उनीहरूले दरबारमार्गमा ‘नौलो रेष्टुरेन्ट’ संचालन गरेका छन् जहाँ उनीहरूद्वारा उत्पादीत रोबोटले वेटरको काम गर्छ । नेपालका बैंकहरुमा उनीहरुद्वारा उत्पादीत रोबोटलाई काममा लगाइदैछ ।  भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेेशी पर्यटकलाई उनिहरुलेे नै बनाएको रोबोटलेे त्रिभुुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेेछन् । उनीहरू नेपालमा रोबोट उत्पादन गरेर विदेश निर्यात गर्ने योजनामा छन् ।

२. फुडमारियो
फुडमारियो यस्तो कन्सेप्ट हो जहाँ महिलाहरूले आफ्नो किचनमा खाना पकाएर रेष्टुरेष्टमा झै बिक्रि गर्न पाउँछन् । ग्राहकले घरमा पकाएको खानेकुरा निर्धक्कका साथ मगाएर खान पाउछन् । नेपाली महिलाहरूको जीवन किचनमा वितेको हुन्छ त्यो अनुभवलाई उद्यमशिलतामा बदल्ने अवसर बनेको छ यो । रोहित तिवारीले स्टार्ट अप विजनेश आईडियालाई यसरी कार्यान्वयन गरिरहेका छन् । टेक्नोलोजीको माध्यमबाट उनले यस अवधारणामार्फत गृहिणीहरूलाई रेष्टुरेन्टका ग्राहकसँग जोडेका छन् । फुडमारियोले हालसम्म एक लाख बढिलाई सेवा प्रदान गरिसकेको छ ।

३. नेपाली धोबी
स्कटल्याण्डमा आईटी पढेर आएका विकास सुवेदी, अष्ट्रेलियामा नर्सिङ पढेकी ऋचा धमला र नेपालमै स्नातक गरेका निकुञ्ज भण्डारीले ‘नेपाली धोवी’ अर्थात् लुगा धुने व्यवसाय शुरू गरे । मोवाईल एप, वेभसाईट र मोवाईलबाट उनीहरुले लुगा धुने अर्डर लिन्छन् । अर्डर आएपछि घरघरमा पुगेर लुगा संकलन गर्छन् । र, प्रविधिलाई प्रयोग गरि लुगाा धुन्छन् । उनीहरूले कसैले आफुलाई धोबी भनेर गिज्याउलान् कि भन्ने हिनताबोध राखेनन् ।

०००

स्टार्ट अप विजनेशमा नेपाली युवाहरू सक्रिय हुदै गएका छन् । टेक्नोलोजिमा आधारित भएर उनीहरु अगाडि बढ्दैछन् । साना साना व्यवसायबाट उनीहरू व्यवसायमा प्रवेश गरेका छन् । मलाई विश्वास छ– धेरैभन्दा धेरै नेपाली युवाहरूले यसैगरि नहिच्किचाईकन काम शुरू गर्नेछन् । तपाईहरुले पनि गर्नुहुनेछ ।


यसका लागि तपाइँहरूलाई थ्रि एस को जरूरी पर्छ ।

१. स्किल

२. स्केल

३. स्पिड

आज हामी राष्ट्रिय समृद्धिको पक्षमा वहश गरिरहेका छौं । यो समृद्धि हासिल गर्न हामिलाई धेरै स्किल म्यानपावर आवस्यक छ । हामी प्रत्येक व्यक्तिस“ग एउटा खास बिषयको स्किल हुनुपर्छ । हामी आफ्नो नाम म म भनेर सोचौं त आफुसँग के स्किल छ ?

विश्वविद्यालयको पढाई सकिरहदा तपाई दक्ष हुनैपर्छ । त्यो दक्षतालाई तपाई“ले एउटा वृहत स्केलमा कार्यान्वयन गर्ने वातावरण तयार गर्नुपर्छ र तपाईंसँग काम गर्ने तिब्र गति पनि हुनुपर्छ । आजको दुनियाँ तपाईंको गतिमा चल्नेवाला छैन । दुनियाँको गतिमा तपाइँ दौडिनैपर्छ । विश्वविद्यालयबाट फर्किदा यति ‘थ्रि एस’ लिएर फर्किनुभयो भने तपाइँ सफल हुनुभयो । तर कन्फ्युजन लिएर फर्किनुभयो भने तपाइँले आफु मात्रै होइन तीन पुस्तालाई डुबाउनुहुनेछ– बाबुआमा, आफु र भोलीका सन्तती । तपाइँले सहि बाटो अगाल्दा तीन पुस्ताले सुख पाउछ भने गलत बाटो समाउदा तीन पुस्ताले दुःख पाउनेछ ।

भूगोल, पैसा र समयलाई दोष दिएर उम्किन खोज्नु भनेको आफैले आफैलाई धोका दिनु बाहेक केही होइन । केही नगर्नका लागि हजारौं कारणहरू खोज्न सकिन्छ । हजारौँ बहानाहरू श्रृजना गर्न सकिन्छ । तर केही गरेर देखाउनका लागि प्रतिवद्धता आवस्यक हुन्छ ।

  • समयको व्यवस्थापन गर्न सक्नेले सबै महत्वपूर्ण कामका लागि समय छुटयाउन सक्छ ।
  • कामको प्राथमिकता छुटयाउन सक्ने सामथ्र्य सफलतासँगै हासिल गर्नुपर्छ ।
  • आजको काम भोली गरौंला भनेर कहिल्यै थाती राख्नु हुदैन ।
  • Vision without roadmap, roadmap without execution is a joke.

विद्यार्थी भाई–बहिनीहरू,

पक्कै पनि तपाइँहरूले मलाई एउटा साझा प्रश्न सोध्नु हुनेछ– तपाइँको सफलताको रहस्य के हो ? तपाइँको प्रश्नको उत्तर दिनुअघि मलाई मेरा व्यवसायिक जीवनका केही घटना सेयर गर्न चाहान्छु ।

०००

जापान मेरो विजनेश स्कूल हो । जापानको एउटा भ्रमणका क्रममा सुजुकीका उच्च अधिकारीसँग भेट भयो । सुजुकी नेपालमा आफ्ना मोटर बेच्ने आधिकारिक एजेन्सीको खोजीमा रहेछ । मैले प्रस्ताव अगाडि बढाई हाले । नेपालबाट अन्य दुई कम्पनीले पनि प्रस्ताव गरेका रहेछन् । सुजुकीले तिनवटै कम्पनीलाई अस्थाई एजेन्सी दियो र ६ महिनाभित्र जसले धेरै गाडी बेच्न सक्छ उसैलाई स्थाई एजेन्सी दिने शर्त राख्यो । हामीलाई भिडाएर उसले नेपालमा धेरैभन्दा धेरै मोटर बेच्ने रणनीति अंगिकार गर्यो ।

६ महिनामा अरूभन्दा धेरै मोटर विक्रि गर्न नसके मेरो हातबाट सुजुकीको डिलरसिप फुत्किनेवाला थियो । मैले दिनरात मेहनत गर्न थालेँ । आफ्ना सम्पूर्ण सम्पर्कहरूलाई सदुपयोग गरे । त्यसमा एउटा जुक्ति पनि थपेँ– आफ्ना चिनजान, आफन्त, साथीभाई र व्यवसायिक साथीहरूलाई मोटर विक्रि गर्ने । उनीहरूलाई मैले अनुरोंध गरे कि कृपया अहिले एउटा सुजुकी किनिदिनोस् र छ महिना चलाउनोस् । यदि तपाई“लाई ६ महिनापछि यो गाडी चलाउन मन लागेन भने मै फिर्ता लिईदिन्छु । तीन जनाको प्रतिस्पर्धामा म पहिलो भएँ । र, सुजुकीको स्थाई एजेन्सी प्राप्त गरेँ ।

यो त्यतिबेलाको कुरा हो जतिबेला सुजुकीको प्रवेश भारतमा भएको थिएन । त्यो बेलाको मेहनतले आज पनि सीजीको व्यवसायमा ठूलो योगदान पुगिरहेको छ ।

०००

अब म वाईवाईको कथा जोड्न चाहान्छु ।

२०४० सालतिरको कुरा हो । म थाईलैण्ड आउजाउ गरिरहन्थें । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज बेल्टमा केही कार्टूनहरू गुडिरहन्थें । एकपटक मैले सोधें– यि के का कार्टून हुन् ? जवाफ आयो– चाउचाउका । मैले थाहा पाएँ कि नेपालमा चाउचाउका उपभोक्ता बढिरहेका छन् तर उनीहरुले थाइलैण्डबाट चाउचाउ मगाएर खानु परेको छ ।
जब मैले नेपालमा चाउचाउको फ्याक्ट्री लगाउने योजना बनाएँ– विज्ञहरूले भने कि चाउचाउ प्लान्टको क्षमता कम्तिमा ३० हजार प्याकेट प्रतिआठ घण्टाको हुन्छ । त्यसैले नेपालमा चाउचाउको प्लान्ट राख्न सम्भव छैन ।

मैले उनीहरूको सुझावलाई सुनें तर निर्णय आफ्नो लिएँ । बजारको जोखिम उठाउन तयार भएँ । पहिलो चरणमा वाईवाई नेपालमा सफल भयो ।

त्यतिबेला नेपाली बजारमा म्यागी चाउचाउ आयात हुन्थ्यो । मैले सोंचेकी यदि म्यागी नेपालमा आउन सक्छ भने वाईवाई विश्व बजारमा किन जान सक्दैन ?

मैले आफ्नो प्रश्नको जवाफ आफैसँग खोजे र यसको अन्तर्राष्ट्रिय विस्तार अभियानकै रुपमा शुरू भयो ।

आज नेपालमा चाउचाउ भनेकै वाईवाई भएको छ । भारतीय विशाल बजारको दोस्रो ठूलो नूडल्स ब्राण्डका रुपमा स्थापित भएको छ । युरोपबाट उत्पादन हुन्छ । बंगलादेशबाट उत्पादन हुन्छ । इजिप्ट, काजकस्तान लगायतका देशहरूबाट निकट भविष्यमै उत्पादन शुरू हुदैछ । विश्व नूडल्स बजारमा वाईवाईको हिस्सा ३ प्रतिशत पुगेको छ । हामी छिट्टै वाईवाईको विश्व बजार हिस्सा ५ प्रतिशत पुर्याउने गरि काम गरिरहेका छौँ ।

मैले संभाव्यता अध्ययन गराएर, ठूला ठूला रिसर्चको निश्कर्ष अध्ययन गरेर वाईवाई शुरू गरेको थिईन । हिड्दाहिड्दै एयरपोर्टको ब्यागेज बेल्टमा देखिएका नूडल्सका कार्टुन नै मेरो निर्णयका लागि पर्याप्त थिए ।

०००

सीजी हस्पिटालिटीका बारेमा पनि केही कुरा सेयर गरौँ ।

म योङ प्रेसिडेन्ट अर्गनाईजेसन (वाइपिओ)को सदस्य थिएँ । ताज ग्रुपको कार्यकारी तहमा कार्यरत राजिव गुजराल पनि वाइपिओको सदस्य थिएँ । वाइपिओका सम्मेलनहरूमा हामी भेटिरहन्थ्यौँ ।

एकपटक मैले उनीसंग नेपालको होटलमा सहकार्यको प्रस्ताव राखे । तर, त्यतिबेला नेपालमा त होइन श्रीलंकामा चाँही सहकार्य हुनसक्छ भन्ने सन्देश उनीबाट मैले पाएँ । श्रीलंकामा ताज ग्रुपले ‘ताज समुद्र’ नामक होटल चलाएको थियो तर त्यहाँ एलटिटिईको द्वन्दमा परेर होटल बन्द हुने अवस्थामा थियो । ताजले आफ्नो प्रतिष्ठा जोगाउनका लागि मात्रै होटल बन्द गरेको रहेनछ ।

यो अवस्था देखेपछि मैले ताज जस्तो हस्पिटालिटी विजनेशमा प्रतिष्ठित कम्पनीसँग श्रीलंका र माल्दिभ्स समेतका लागि ५०–५० प्रतिशतको साझेदारीका लागि प्रस्ताव गरेँ । श्रीलंकाको त्यो समयको संकटको परिस्थितीलाई आत्मसाथ गरेर मैले यस्तो प्रस्ताव गर्न सकेको थिएँ । त्यसैले ठूला ठूला रिसर्चका निश्कर्षभन्दा ‘कमनसेन्स’ कैयौं गुणा शक्तिशाली हतियार हो । त्यहि ‘कमनसेन्स’ प्रयोग गरेर मैले ताजसँग नेगोसियसन गर्न सम्भव भएको हो । यसरी प्रारम्भ भएको हाम्रो सहकार्यबाट आज ‘वर्ल्र्डक्लास होटल’हरुमा हाम्रो साझेदारी छ । नेपालमा मेघौली सेराई र भिभान्ता काठमाडौं जस्ता हाम्रा प्रख्यात होटलको व्यवस्थापन ताजले नै सम्हाल्छ ।

आज सीजि हस्पिटालिटीले न्यूयोर्कदेखि अफ्रिका र मिडिल इष्टदेखि नेपालसम्ममा करिब एक सय होटल संचालन गर्छ । सन् २०२० सम्ममा विश्वभरमा दुई सय होटल संचालन गर्ने हाम्रो लक्ष्यअनुसार काम भईरहेको छ ।

प्रसंगवस, ताज समुद्र होटलकै बारेमा म थप केही कुरा जोड्न चाहान्छु । हालै श्रीलंकामा स्लामिक स्टेटको आक्रमणका बारेमा त हामी सबैले थाहा पाएकै छौँ । उनीहरूले अन्य होटलस“गै हाम्रो होटल ताज समुद्रलाई पनि निशाना बनाएका रहेछन् । सोही अनुसार आत्मघातीहरू ताज समुद्रमा पुगेछन् । र, बम विस्फोट गराउदा प्राविधिक कारणवस विस्फोट भएनछ । त्यसपछि आत्मघाती होटल बाहिर निस्किएर प्राविधिक समस्या समाधान गरि पुनः होटलमा फर्की विस्फोट गराउने तयारीमा रहेछन् । होटल बाहिर यस्तो तयारी गरिरहदा त्यहि बम विस्फोट भएर आत्मघातीको मृत्यु भएछ । सुरक्षा निकायका रिपोर्टहरूपछि बल्ल हामीले यि सब कुरा थाहा पायौँ ।

थ्याङ्स गड ! हामीलाई जोगाउनु भयो । आराध्यदेव भगवान पशुपतिनाथ र शाश्वतधामको कृपाले हाम्रो होटल आत्मघातीबाट जोगियो !

नबिल बैंकको बारेमा पनि म तपाईंहरूसँग केही अनुभव बाड्न चाहान्छु ।

नबिल संयुक्त लगानीमा खुलेको बैंक थियो । व्यवस्थापन इमिरेट्स बैंक इन्टरनेशनलले सम्हाल्थ्यो । एकदिन नबिल बैंकको सेयर बिक्रिमा छ भन्ने सूचना पाएँ । शुरूमा बैंकको ३० प्रतिशत सेयर खरिद गर्ने प्रकृया अगाडि बढ्यो तर हामीले किन्ने भनेपछि धेरै समस्याहरू श्रृजना गरिए । कानूनी तगाराहरू तेस्र्याइए । अन्त्यमा, नेशनल बैंक बंगलादेशसंग मिलेर नबिलको ५० प्रतिशत सेयर किनिएको थियो जुन पछि एनबी इन्टरनेशनलका नाममा आएको छ ।

यदि यस बैंकको सेयर खरिद गर्न नदिनका लागि श्रृजना गरिएका अवरोधहरू पन्छाउन नसकिएको भए सायद यो बैंक अहिले नेपालको नम्बर १ बैंक हुने थिएन ।

यि अनुभवमार्फत् म के भन्न गइरहेको छु भने एउटा उद्यमीले हरेक ठाउँमा अवसर देख्छ । ति अवसरलाई आफ्नो पक्षमा पार्न आवस्यक पर्ने अठोट, साहस र संकल्प जुटाउन सक्नु नै सफलताको कडी हो ।

अवसर देख्ने तर त्यसलाई सार्थक बनाउन नसकेका कारण धेरै मानिसहरू क्षितिजमा हराउछन् ।

यो व्यवसायिक बाटोमा हिडेपछि मात्रै अनुभव हुने विषय हो । कुनै पनि विश्वविद्यालयले यस्ता समस्या समाधान गर्ने सुत्र दिएको मलाई थाहा छैन ।

म विद्यार्थी भाई–बहिनीहरुलाई यस बाटोमा हिड्न प्रोत्साहित गर्दछु ।

अब म नेपाल र विश्व कसरी अगाडि बढ्दैछन् भन्नेतर्फ केही कुरा राख्न चाहान्छु ।

नेपालमा दशकौंपछि आर्थिक समृद्धिका एजेण्डाले प्राथमिकता पाएका छन् । राजनीतिक स्थिरता प्राप्त भएको छ । राजनीतिको केन्द्रमा आर्थिक एवं सामाजिक विकासका मुद्धाहरू आएर बसेका छन् । संघीय सरकार र प्रदेश सरकारहरू समेत लगानी अभिवृद्धिको एजेण्डा लिएर अगाडि बढ्न खोजिरहेका छन् । प्रतिपक्षी दल र अन्तर्राष्ट्रिय समुदायबाट विकास प्रयासमा सरकारलाई साथ दिइएको अवस्था छ ।

नेपाल इन्भेष्टमेन्ट समिट, दिर्घकालिन विकास सोंच २१०० को अवधारणा र पन्ध्रौ योजनाको आधारपत्रले नेपालको विकासका लागि नयाँ आशा जगाएका छन् । दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आय १२ हजार डलर पुर्याउने, गरिवीको अन्त्य गर्ने, बेरोजगारी दरलाई ३ प्रतिशतमा सिमित गर्ने, ४० हजार मेगावाट उर्जा उत्पादन गर्ने र २२ सय किलोमिटर रेलमार्ग बनाउने जस्ता महत्वकांक्षी लक्ष्यहरूसहित दीर्घकालिन सोंच २१०० अगाडि सारिएको छ ।

चालू आर्थिक बर्षमा नेपालले करिब ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने देखिएको छ ।

तर परम्परागत कर्मचारीतन्त्र, उद्यमी व्यवसायिप्रतिको संकिर्ण सोंच र विश्वका नयाँ नयाँ इनोभेसनसँग हाम्रा विकास एजेण्डालाई एकाकार गर्न नसक्दा हामी अलमलाएको अवस्था पनि छ ।

हाम्रो राष्ट्रिय एजेण्डा विकास नै हुनुपर्छ जसलाई मैले कम्तिमा विगत ३० बर्षदेखि निरन्तर वकालत गरिरहेको छु । किनभने विकास नै देशका समग्र समस्याहरूको समाधान हो ।

हामी विकासका प्रारम्भिक चरणका बिषयमा वहश गरिरहदा विश्व भने अर्को चरणमा प्रवेश गर्ने तम्तयारीमा छ ।

म एउटा इतिहासलाई संझिने कोशिस गर्छु– सन् १९४६ मा कम्प्युटरको श्रृजना हुदा यसको आकार २७ टनको थियो र यसलाई राख्न १८०० स्क्वायर फुट जमिन आवस्यक पथ्र्यो । तर, आज त्यो इतिहास एउटा सानो मोवाईल सेटमा परिणत भएको छ । हामी जे चाहान्छाैं सबै कुराका लागि एउटा स्मार्ट मोवाईल फोन काफी छ ।

हामीले कोडाक र ब्ल्याकबेरी फोनलाई पनि संझिनु राम्रो हुन्छ जसले आफुलाई समयअनुसार बदल्न नसक्दा आफ्नो अस्तित्व गुमाएका छन् ।

आजको विश्व आर्टिफिसियल इन्टेलिजेन्सले हाँक्ने वातावरण तयार हुदैछ । मेशिनहरुमा मानिसको दिमाग भरिदैछ । यदि सहि ढंगले त्यो दिमाग भरियो भने मानिसबाट हुने गल्ती नदोहोयाई मेशिनले काम गर्ने वातावरण तयार हुदैछ ।

मानिसका रोजगारीहरु संकटमा पर्ने अवस्था छ । यसबाट उत्पन्न हुन सक्ने संकटको पूर्वानुमान समेत गर्न थालिएको छ । अब यो बिषय राजनीतिक टाउको दुखाइको बिषय समेत बन्न थालेको छ । बेलायतको लेवर पार्टीले आर्टिफिसियल इन्टेलिजेन्समाथि नियन्त्रण गर्ने कानून आवस्यक रहेको तर्क गरेको छ ।

म प्राईस वाटरहाउस कुपरले विश्वका २९ देशका २ लाख रोजगारीका क्षेत्रमा प्रविधिको असरबारेमा गरेको अध्ययनका केही निश्कर्ष प्रस्तुत गर्न चाहान्छु ।

य रोवोट र अन्य प्रविधिका कारण सन् २०३० सम्ममा विश्वको कुल ग्राहस्थ उत्पादनमा १५ ट्रिलियन (१५ हजार अर्ब डलर)को योगदान पुग्नेछ ।

२०३० सम्ममा रोवोट र अन्य अटोमेटिक प्रविधिले ३० देखि ४० प्रतिशत कामदार कटौती हुनेछ । अमेरिकाको रोजगारी ३८ प्रतिशत, बेलायतको ३० प्रतिशत, जर्मनीको ३५ प्रतिशत, जापानको २१ प्रतिशत कटौती हुनेछ ।

ड्रोनका कारण धेरै रोजगारीहरु कटौती हुदैछन् । ड्रोनले कुरियरको काम गर्दैछ । रिमोटका माध्यमबाट उसको सेवा घरघरमा पुग्दैछ ।

विमान उत्पादक कम्पनी वोइङले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लडाकू विमान उत्पादन गर्ने घोषणा गरेको छ जुन विमानमा पाईटल आवस्यक पर्ने छैन । यो विमान सन् २०२० देखि नै विश्व बजारमा बिक्रिमा राखिने पनि उसले घोषणा गरेको छ ।

केही समयअघिसम्म कल्पनामा सिमित रहेको उड्ने टयाक्सी दुवईको आकाशमा उड्न थालेको छ ।

फाईभ जी आजको दिनको अर्को यस्तो प्रविधिका रुपमा अगाडि आउदैछ जसले विश्वलाई प्रकाशको गतिमा एकापसमा आवद्ध गराउदैछ । टेलिकम सेवाको अर्थ डिजिटल सेवामा परिणत भएको छ । यदि हामी फाईभ जी प्रविधिमा जाने हो भने अमेरिकाको कुनै प्रख्यात डाक्टरसँगसँगै नेपालका डाक्टरहरूले यहाँ सर्जरी गर्न सक्छन् । काठमाडौंको प्रख्यात स्कूलको कक्षाकोठाको पढाई जुम्ला, हुम्लाका विकट स्कूलका विद्यार्थीले पनि सँगै पढ्न पाउछन् । ब्यापार भनेकै ई कमर्समा परिणत हुनेछ ।

निकट भविष्यमै विश्वमा डिजिटल रेभुलुसन हुने वाला छ । यो अवस्थामा हामी कहाँ छौँ र त्यो दिन हाम्रो अवस्था के हुनेछ भनेर सोच्ने राजनीति हामीलाई चाहिएको छ ।

त्रिभूवन विश्व विद्यालयले धेरै राजनीतिज्ञहरू जन्माएको छ । प्रधानमन्त्रीहरू जन्माएको छ । मन्त्रीहरू जन्माएको छ । कर्मचारीतन्त्रका लिडरहरू जन्माएको छ । नेपालको आजको राजनीतिक, आर्थिक र सामाजिक हालत जे छ त्यसको लाभ हानीको श्रेय पनि यस विश्वविद्यालयले जन्माएका यिनै व्यक्तिहरुलाई नै जान्छ ।

आज देशको राजनीतिमा दुईवटा कुरा चाहिएको छ ।

पि २ र जि २ ।

पि २ अर्थात प्रो पब्लिक पोलिटिक्स । सिद्धान्तका लामा लामा ब्याख्या बन्द गरेर जनताले दैनन्दिन भोग्नु परेका समस्या समाधान गर्दै देशलाई आर्थिक समृद्धिको शिखरमा पु¥याउने राजनीति ।

जि २ अर्थात् गूड गभर्नेन्स । शुसासनको ग्यारेन्टी गर्ने राजनीति ।

म विश्वास गर्छु– त्रिभूवन विश्व विद्यालयले नै एउटा यस्तो विद्यार्थीलाई राजनीतिमा पठाउनेछ जसले पि२ र जि२ लाई सम्बोधन गरेर नेपालको राजनीतिमा नयाँ इतिहास रच्नेछ । समृद्ध नेपालको निर्माण गर्नेछ । प्रत्येक नेपालीको अनुहारमा खुसी भर्नेछ ।

अन्त्यमा, म विश्वका धनाढय वारेन बफेटका बारेमा केही बताउन चाहान्छु । जसबाट अर्बपतिहरू को हुन् भन्ने तपाईँहरूको जिज्ञासा पुरा हुनेछ ।

बफेटले आफ्नो जीवनमा पहिलोपटक ११ वर्षको उमेरमा सेयर किनेका थिए । हाल आएर उनी पछुताउँछन्, धेरै ढीला शुरु गरेछु भनेर ।

उनले १४ वर्षको उमेरमा पत्रिका वितरणबाट बचाएको पैसाले एउटा सानो खेत किनेका थिए ।

५० वर्षअघि उनले विवाहपश्चात ओमाहा शहरमा तीन बेडरुमको सानो घर किनेका थिए । उनी अझै पनि त्यही घरमा बस्छन् । उनकाअनुसार उनलाई चाहिने सबै कुरा त्यहीघरमा छ । त्यो घरमा पर्खाल छैन ।

उनी आफ्नो कार आफैँ हाँक्छन् । उनलाई न ड्राइभर चाहिन्छ, न त कुनै सुरक्षाकर्मी ।

आफ्नो स्वामित्वमा विश्वकै सबैभन्दा ठूलो प्राइभेट जेट कम्पनी भए पनि उनी कहिल्यै पनि प्राइभेट जेटमा हिँड्दैनन् ।

उनको कम्पनी बर्थशायर ह्याथवेको स्वामित्वमा ६३ कम्पनीहरु छन् । उनी हरेक वर्ष आप्mना सिइओहरुलाई एक पत्र लेख्छन्, जसमा उनले आउँदो वर्षकालागि लक्ष्यहरु दिन्छन् ।

बफेटउनीहरुलाई नियमित मिटिङ्गका लागि बोलाउदैनन् । सिइओहरुका लागि उनले केवल दुई नियम निर्धारण गरेका छन् :

नियम नं. १ : आफ्नो एउटा पनि सेयरहोल्डरको पैसा डुब्न नदेऊ ।
नियम नं. २ : पहिलो नियमलाई कहिल्यै नविर्स ।

धनीहरुसँग उठबसमा उनी आप्mनो समय बिताउँदैनन् । बरु घर पुगेर पपकर्न बनाउन र टेलिभिजन हेर्नमा रमाउँछन् ।
संसारको सबैभन्दा धनी व्यक्ति विल गेट्सले उनलाई ५ वर्षअघि भेटेका थिए । गेट्सले भेटको लागि जम्मा आधा घण्टा छुट्याएका थिए । सोचेका थिए, वारेन बफेटसँग मेरो केही कुरा पनि मिल्दैन । तर जब उनले बफेटलाई भेटे, कुरा यति जम्यो कि आधा घण्टाको भेट दस घण्टासम्म लम्बियो । भेटको अन्तमा गेट्स बफेटको भक्त भएर निस्किए ।

बफेट मोबाइल फोन बोक्दैनन् । उनको अफिस टेबलमा कम्प्युटर पनि छैन । युवाकालागि उनको सल्लाह छ : क्रेडिट कार्डको पछि नलाग, बरु आफ्ना लागि लगानी गर ।

युवाका लागि बफेटको सल्लाह :

. पैसाले मान्छे बनाएको होइन, बरु मान्छेले पैसा बनाएको हो ।
. जीवन जतिसक्दो सरल ढंगले बाँच ।
. अरुले भनेको सुन तर त्यही गर्नुपर्छ भन्ने छैन । आफुलाई ठीक लागेको कुरा गर ।
. ब्राण्डको पछि नलाग । आफुलाई जुन कपडा लगाउँदा सजिलो हुन्छ त्यही लगाऊ ।
. अनावश्यक सामग्रीमा पैसा खर्च नगर । बरु ती व्यक्तिका लागि खर्च गर, जसलाई साँच्चिकै सहयोगको खाँचो छ ।
. यो जीवन तिम्रो हो । अरुलाई यसमाथि शासन गर्न नदेऊ ।

यी माथिका सल्लाहले हामीलाई वारेन बफेट बनाउँदैन । तर यसले पक्कै पनि हामीलाई सफल बन्न सहयोग गर्नेछ र ज्ञानको स्तर बढाउनेछ ।

मा प्रकाशित
Continue Reading
4 Comments

4 Comments

  1. Ganesh

    May 3, 2019 at 7:38 pm

    Wow thank u sir for your inspiration thought.

  2. Sushi By 7-11

    July 6, 2019 at 8:01 am

    Wow, incredible blog layout! How long have you been blogging for?
    you make blogging look easy. The overall look of your website is great,
    let alone the content!

  3. Curt

    December 16, 2019 at 3:12 pm

    Thank you for the good writeup. It in fact was a amusement account it. https://crystaldreamsworld.com

  4. Victoria

    March 3, 2020 at 4:49 pm

    A la chita callando.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!