Connect with us

कभर स्टोरी

नेकपामा उठेको राजनीतिक आँधी

केपी ओली बामदेवलाई राष्ट्रिय सभामा लैजान यसकारण तयार छैनन् कि उनलाई सांसद बनाउनु भनेको प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्ने कागजमा सहिछाप गरे बराबर हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशकै सरकारी अस्पताल त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेका छन् । प्रधानमन्त्रीलाई हार्दिक बधाई एवं दिर्घ जीवनको शुभकामना !

अस्पताल भर्ना हुनुअघि राजनीति अब सम्भवतः आफ्नो हातबाट बाहिरिएको महशुस प्रधानमन्त्री ओलीले गरेकै हुनुपर्छ । संसदमा दुई तिहाई बहुमतको समर्थनमा चलाएको दुई वर्षे शासनको नतिजा ओलीका लागि निकै मह“गो सावित भएको छ ।

आज मूलभुत रूपमा नेकपाका कार्यकर्ताहरू चरम निराश छन् । र, आम जनताको सहानुभुति समेत ओलीले गुमाएका छन् । लोकतन्त्रमा जनताबाट टाढिएको नेताले सत्ताको स्वाद लिन सम्भव हुदैन !

सरकार सञ्चालनमा ओलीले विल्कुलै लय मिलाउन सकेनन् । स्थिर राजनीतिक वातावरण र निकै कमजोर प्रतिपक्षी दल हुदा समेत उनी आफ्ना एजेण्डा कार्यान्वयनमा चुकेका छन् । भारतीय नाकावन्दीको विरोध र विकासका सपना देखाएर ओलीले चुनावमा जनताको भोट सोहोरेका थिए । नाकावन्दीको अन्त्यसँगै यसको सान्दर्भिकता त्यतिबेलै सकिएको थियो । र, बाँकी थिए विकासका सपना । ओलीले चुनावमा भोट माग्दा देखाएका विकासका सपनाको व्याख्यामा पहिलो बर्ष विताए । जनताले यसलाई स्वभाविकै माने । सरकार सञ्चालनको दुई बर्ष पूरा भईसक्दा समेत ओलीले जनतालाई तिनै सपना दोहोर्याइरहेका छन् ।

बामदेव गौतमलाई राष्ट्रििय सभामा लैजाने निर्णय गरेको पार्टीको बैठकमा उपस्थित नेकपाका शिर्ष नेताहरु ।

अब जनतालाई प्रष्ट के महशुस भएको छ भने ओलीको कौशलता सपना देखाउनमा मात्रै छ । सपना कार्यान्वयन गर्न सक्ने क्षमता यिनीसँँग छैन । सपना देखाउनु र सपना कार्यान्वयन गर्नु विल्कुलै फरक बिषय हुन् । सपना देखाउन प्रधानमन्त्री भइराख्नु पर्दैन । तर, सपना कार्यान्वयन गर्न भने प्रधानमन्त्री हुदा अति उत्तम हुन्छ । सायद, ओली जनताबाट टाढिनुको एउटा कारण यहि हो ।

ओलीले देखाएका सपना वास्तवमै गुलावी रंगका थिए । बेइजिङबाट छुटेको रेल खाजा खान ल्हासा आईपुग्थ्यो । र, बासा बस्न लुम्बिनी । चितवन/गोर्खातिरबाट अर्को लिक समाएको रेल पोखरा पुग्थ्यो । नेपाली झण्डा बोकेर साउथ चाईना सि वा हिन्द महासागरबाट छुटेका पानी जहाजहरू कुरिनटारको पोर्टसम्म आईपुगेका हुन्थे ।

ओलीले संसदको रोष्ट्रममै उभिएर सांसदहरूलाई ‘२०७५ सालको पुस महिनाका लागि पानी जहाज चढ्ने टिकट काट्न’ आग्रह गरेका थिए ।

पहिलो पटक प्रधानमन्त्री हुुँदा ओलीले हावाबाट विजुली निकालेर नेपाललाई विजुलीमा आत्मनिर्भर बनाउने घोषणा गरेका थिए । घरघरमा एलपीजी ग्यासका पाईपलाईन विछ्याउने घोषणा गरेका थिए ।

ओलीका सपना विल्कुलै सहि थिए । ति सपनालाई पत्याएरै नेपाली नागरिकले ओलीलाई भोट खन्याई दिएका हुन् । लौ ! तिम्रा सपना पुरा गर भनेर ओलीलाई प्रतिपक्षीको कुनै आँखा नलाग्ने बनाई दिएका हुन् !

शुसासन, भष्ट्राचारमा सून्य सहनशिलता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी प्रवर्धनमार्फत् रोजगारी सिर्जना र पाँच बर्षमा नेपालको आर्थिक विकासमा कायापलट गर्ने ओलीका सपना वास्तवमै सहि थिए ।

तर, आज ओली सरकारले दुई बर्ष पुरा गरि तेस्रो बर्षमा प्रवेश गर्दै गर्दा यि सपना वेवारिसे बनेका छन् ।

शुसासन, भष्ट्राचारमा सून्य सहनशिलता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी प्रवर्धनमार्फत् रोजगारी सिर्जना र पाँच बर्षमा नेपालको आर्थिक विकासमा कायापलट गर्ने ओलीका सपना वास्तवमै सहि थिए । तर, आज ओली सरकारले दुई बर्ष पुरा गरि तेस्रो बर्षमा प्रवेश गर्दै गर्दा यि सपना वेवारिसे बनेका छन् ।

दुई बर्षमा बेइजिङबाट काठमाडौं रेल आउनुपथ्र्यो भनेर कसैले भनिरहेको छैन । तर, रेल ल्याउन कम्तिमा चिन सरकारसँग द्विपक्षिय टेबलमा कुराकानी त भइरहेको हुनुपर्ने होइन र ? रेलको बाटो कस्तो हुनेछ भनेर टेबलमा सजाईएको एउटा रेलको लिक देखिने मास्टर प्लान त बन्नुपर्ने होइन र ?

दुई बर्षअघि चुनावमा जनतालाई आश्वासन दिइरहँदा र प्रधानमन्त्रीका रूपमा जहाजको टिकट काट्न आग्रह गरिरहँदा ब्युुँझिएका ‘मुर्छित सपना’ होशमै नआई फेरी कतै मुर्छित त बनेनन् ? अहिले यि सपना किन लावारिस बनिरहेका छन् ?

वास्तवमा अहिले सरकार गफाडीहरूको डफ्फामा परिणत भएजस्तो भान हुन्छ । सपनाको अनन्त उडान यो सरकारको वास्तविकता बनेको छ । तर, ति सबै सपना सोम शर्माको सातुमा परिणत भएका छन् ।

यहि कमजोरीका कारण ओली सरकार प्राविधिक र नैतिक दुवै रूपमा संकटमा फसेको छ । मास पपुलारिटी गुमेको अवस्था छ । ओली सरकारमाथि कुनै संकट आईलागे कठै भन्ने मानिस अहिले अर्को पार्टीबाट सापटी ल्याउनुपर्ने अवस्था छ । पार्टीभित्र ओली गुटका नेताहरू त आफै कर्ता भईहाले !

पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ओलीलाई पार्टीभित्र घेरावन्दी गर्ने वातावरण स्वयं ओलीले नै तयार गरेका हुन् ।

पार्टीमा शक्ति हुँदा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह शैलीमा आफ्ना समकक्षी नेताहरूमाथि अपमान हुने गरि शासन गरे । सत्ताको तरबार नेताहरूको टाउकोमा झुण्डयाएर यदि ‘दाँया बाँया’ गर्यौ भने अख्तियारको हिरासत खाली छ भन्ने सन्देश उनले प्रचण्ड र माधव नेपाललाई समेत दिइरहे । नेताहरूलाई मानसिक त्रासमा राखेर शासन चलाए ।

तर, जब जनतामा यिनको विश्वास टुट्यो, पार्टीभित्रको गणित पनि उनको पक्षमा कमजोर बन्यो । हिजो टाउकोमा तरबार राखिएका नेताहरू अहिले एकजुट बनेका छन् र नेकपाको आगामी शक्तिको वाँडफाँँडमा जुटेका छन् । यो वाँडफाँडमा ओलीको भागमा भने सानो विलो छुट्टयाइने छैन । कारण– शक्तिमा रहदासम्म ओलीले प्रचण्ड, नेपाल, खनाल र गौतमलाई उनीहरू पनि एकै भान्साका भाई हुन् भनेर कहिल्यै वास्ता गरेनन् ।

नेकपाको राजनीतिले अब प्रष्ट मोड लिनुपर्ने अवस्था र बाध्यता दुवै छ । यो राजनीतिक खेलमा जो सफल हुन्छ कम्तिमा आगामी दशकको नेता उही हो । जसले हार्छ– उसका लागि नेकपाभित्र कुनै सहानुभूति बाँकी रहनेछैन । यहि यथार्थता र बाध्यताकाबीच नेकपाको राजनीतिक आँधी उत्पन्न भएको छ । र, यसले छिट्टै एउटा आकार लिनेछ ।

आगामी एक/डेढ बर्षमा नेकपा महाधिवेशमा जानुपर्छ । यो महाधिवेशनले आगामी कम्तिमा पाँच बर्षे कार्यकालका लागि कार्यकारी अध्यक्षको चयन गर्नेछ । अहिलेको आन्तरिमकालिन दुई सदस्यीय अध्यक्ष मण्डलको व्यवस्थालाई त्यसले अन्त्य गरिदिनेछ । कम्युनिष्ट पार्टीमा उक्त पार्टीको अध्यक्ष अर्थात् प्रमुख भनेको प्राधिकार पनि हो । जो अध्यक्ष बन्नेछ, आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याएको अवस्थामा स्वतः प्रधानमन्त्री बन्नेछ । वा आफुले चाहेको कुरा आफ्नो भागमा राखिसकेपछि बाँँकी रहेको कुरा मात्रै अरू नेतालाई दिए हुनेछ । यो कुरा ओलीले राम्रोसँग बुझेका छन् । र, प्रचण्ड, माधवले पनि । त्यसको तयारी गर्ने समय भई नै सकेको छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा ओलीको कार्यशैलीबाट चारै भाई नेताहरू आजित बनेका छन् । अर्को कार्यकालका लागि समेत ओलीलाई पार्टीको सत्ता सुम्पियो भने आफुहरू हरिद्वार गएर नयाँ जीवन शुरू गरे फरक नपर्ने ज्ञान उनीहरूलाई छ । तर, सत्ताका शासकलाई त्यति सजिलै हराईहाल्न पनि सम्भव नहुन सक्छ । त्यसैले यि चार भाईले आफना नजिकका नेताहरूलाई साथमा लिएर ओली सत्ताको अन्त्य गर्ने एकिकृत रणनीति कार्यान्वयनमा ल्याएका छन् । त्यसको पहिलो अध्याय लेखिनेछ– ओली सरकारको पतनबाट ।

ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना नभएका हुन्थे भने सम्भवतः यि चार भाईले ओलीलाई राजिनामा गराउने निर्णय लिईसकेका हुने थिए । त्यसका लागि बलियो वातावरण उनीहरूले तयार पारिसकेका छन्– वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्तिका लागि पार्टीबाट सिफारिस गरेर ।

प्रधानमन्त्री केपी ओली आफ्नो बुवा र मृगौलादाता सम्झना संग्रौलासँग ।

वामदेवलाई सिफारिस गर्न ओली यसकारण तयार छैनन् कि उनलाई माथिल्लो सदनको सांसद बनाउनु भनेको आफ्नो प्रधानमन्त्रीको कुर्सी उनैलाई हस्तान्तरण गर्ने कागजमा सहिछाप गरे बराबर हो ।

र, वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्नु भनेको पनि अब म पार्टी सिस्टममा चल्दिन भनेर सार्वजनिक रूपमा प्रमाण छोड्नु हो । पार्टी निर्णय पालना नगर्नासाथ पार्टीले उनलाई कारवाही गर्न सक्छ । सरकार छोड्न निर्देशन गर्न पनि सक्छ । पार्टीभित्र संसदीय दलको गणितमा झिनो बहुमतको सहाराबाहेक अन्य कमिटीको गणितमा ओली कमजोर अवस्थामा छन् ।

सचिवालयमा ओली बाहेकका नेताहरू डा. युवराज खतिवडालाई राष्ट्रिय सभा र अर्थमन्त्रीको पदबाट समेत विदाई गरि उक्त सिटमा वामदेव गौतमलाई लैजान चाहन्छन् । तर, राष्ट्रिय सभाबाट अवकास पाएका खतिवडालाई तत्कालै अर्थमन्त्रीमा पुनः नियुक्ति गरेर ओलीले प्रचण्ड लगायतका नेताहरूलाई ‘भिड्न’का लागि आमन्त्रण गरेका छन् ।

ओली अस्पतालको बेडमा नहुुँदा हुन् त यस बिषयमा नेकपाभित्र ठूलै भूकम्प आइसक्ने थियो । तर, मानवियताका हिसावले अस्पतालमा रहेका प्रधानमन्त्रीलाई नकारात्मक असर पर्ने गरि तत्काललाई यो हलचल रोकिएको त छ तर यो ओली अस्पतालबाट डिस्चार्ज नहुँदासम्मका लागि मात्रै हो । अबको राजनीतिको तरंग यहि बिषयबाट उठान हुनेछ ।

ओली अहिले वास्तवमा ‘ओरालो लागेको मृग’ को हालतमा छन् जसलाई विरालोले पनि खेद्न सक्छ । उनले जे गर्छन् त्यसको गलत निश्कर्ष निस्किदै आएको छ । अथवा ओली आफ्नो गुटबाट यसरी घेरिएका छन् कि उनको गुटका हरेक कदमहरू जनताबाट अस्विकार्य हुने खालका छन् ।

सेक्युरिटी प्रेस खरिद काण्डमा आफ्ना प्रिय पात्र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिशन काण्डको टेप बाहिरिएपछि उनले गोकुललाई जोगाउन सकेनन् । पार्टी पंक्तिभित्र गोकुलको उक्त टेप काण्ड निकै आलोचित छ । यो काण्डका कारण पार्टीका कार्यकर्ताहरू आम नागरिकका अगाडि ‘शिर निहुराउन’ बाध्य बनेका छन् ।

शेरबहादुर देउवाकी शाशुुआमा ओलीका लागि अब्बल राजदुत कहलिँदा कसैले सानोतिनो दाग देखाउन नसक्ने, कार्यक्षमतामा एउटै प्रश्न उठाउन नमिल्ने चिनका राजदूत लिलामणी पौड्याल ओलीका लागि अयोग्य पात्र बनेका छन् । नेपाली समाजमा स्थापित मान्यता नै छ– मानिस मतिभ्रष्ट भएपछि यस्ता गलत निर्णयहरू गर्न थाल्छ कि उसको पतन झनै नजिक आईपुग्छ ।

पार्टीका लाखौं सदस्यहरूमध्ये मुश्किलले एक दर्जन सदस्यले पनि गोकुलको बचाउमा आफुलाई उभ्याउन सकेका छैनन् ।

तर, पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओली आफैले मन्त्री पद जोगाइदिन नसकेका गोकुलको पक्षमा सार्वजनिक रूपमै उभिएका छन् । यसले पार्टीका आम कार्यकर्ताहरू निराश छन् । अर्थात् यसको अर्को पाटो के हो पार्टीभित्र ओलीलाई सत्ताच्युत गर्ने खेल चलिरहदा आम कार्यकर्ता यसलाई स्वभाविक मान्छन् र यो कदमको पक्षमा उभिदा आफुलाई राहत पुगेको महशुस गर्छन् ।

तर, ओली यो सबै कुरा प्रवाह नगरि गोकुलको सार्वजनिक बचाउमा लागेका छन् । यसो गर्दा पार्टी पंक्तिले नै यो कमिशन प्रकरण गोकुल एक्लैको नभई प्रधानमन्त्रीको आर्शिवादमा अगाडि बढ्दै थियो भन्ने बुझेका छन् ।

ओलीले आम जनताको सहानुभूति गुमाउन निकै सहयोग पुर्याउने अर्को निर्णय लिएका छन्– चिनका राजदूत लिलामणी पौड्याललाई फिर्ता बोलाएर । सरकारले कुनै राजदुतलाई फिर्ता बोलाउनु सामान्य कुरा हो । तर, यहाँ शेरबहादुर देउवाले सिफारिस गरेकी राप्रपाकी नेतृ अर्थात् देउवाकी शाशुुआमा ओलीका लागि अब्बल राजदुत कहलिँदा कसैले सानोतिनो दाग देखाउन नसक्ने, कार्यक्षमतामा एउटै प्रश्न उठाउन नमिल्ने पौड्याल ओलीका लागि अयोग्य पात्र बनेका छन् । नेपाली समाजमा स्थापित मान्यता नै छ– मानिस मतिभ्रष्ट भएपछि यस्ता गलत निर्णयहरू गर्न थाल्छ कि उसको पतन झनै नजिक आईपुग्छ ।

बुढेशकालमा जन्मदिन मनाउने रहर जागृत हुनुमा ओलीको सत्ता र शक्तिको उन्माद भन्दा फरक पर्दैन । उनका ‘चाकरीवाज’हरूले उनलाई यतिसम्म खुसी बनाउने कोशिस गरे कि नेपालको नक्सा अंकित केक बोकेर दुई/चारवटा हेलिकोप्टर नै ताप्लेजुङमा उतारे ।

उनी देशका प्रधानमन्त्री हुन् यसमा सबैको सम्मान छ र सबै नेपालीले उनको दिर्घजीवनको शुभकामनासहित जन्मदिनको आर्शिवाद दिएकै थिए । तर, तडकभडकले सिमा नाघिरहँदा उनी जन्मेको त्यही खरले छाएको घरले पनि सायद उनलाई गिज्याइरहेको थियो । यो तडकभडकप्रति पार्टीका कार्यकर्ता र नेपाली नागरिक आफै लज्जित बनेका थिए । राज्यशक्तिको दुरूपयोग यो तहसम्म ओर्लेर गरिनुलाई लगभग ‘निर्लज्जता’को संज्ञा दिइएको छ ।

यि प्रकरणले ओलीलाई पार्टी र आम जनताबाट अलि परै धकेलिदिएको छ ।

मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) ओलीको टाउकोमा झुण्डिएको अर्को तरबार हो जसलाई संसदबाट पारित गर्न नसक्ने अवस्थामा ओली पुगेका छन् । यसको अर्थ प्रधानमन्त्रीले संसदको विश्वास गुमाईसकेका छन् भन्ने निश्कर्षमा अमेरिका र अन्य शक्ति राष्ट्रहरू पुग्नेछन् ।

एमसिसीको पक्षमा ओलीको प्रतिवद्धताले चिनसँगको उनको सम्वन्ध नमिठो बनिरहेको छ । चिन सरकारसँगको सुमधुर सम्वन्ध र चिनतर्फ फर्किएका मेगाा प्रोजेक्टहरूको आश्वासनबाटै उनको सत्तारोहण सहज भएको थियो । एमसिसी यथावत पारित गर्न नसक्ने हो अमेरिका लगायतको बाँँकी विश्व शक्ति राष्ट्रको विश्वास उनले गुमाउनेछन् ।

तर, पार्टीभित्र भने एमसिसीलाई ‘च्याखे थापेर’ ओलीलाई खेद्ने रणनीति नै तय भईसकेको छ ।

सरकार तेस्रो बर्षमा प्रवेश गरिरहँदा सरकारको निरन्तरताका लागि रक्षाकवचको नैतिक साहस प्रदान गर्ने प्रेस, नागरिक समाज र निजी क्षेत्र सरकारबाट लगभग अलग भएर बसेको धेरै भईसक्यो । वास्तवमा नेपाली प्रेस ओली सरकारसँग पूर्णत विरक्तिएको छ ।

सरकारमा कुन पार्टी वा कुन नेता आउँछन् भन्ने बिषय प्रेसका लागि तपसिलको बिषय हो । तर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा प्रेस स्वतन्त्रताका पक्षमा लेखिएका धाराहरूको मर्ममा कुनै सरकारले निरन्तर प्रहार गरिरहन्छ भन्ने अपेक्षा प्रेसले गरेको हुदैन । तर, ओली सरकारको गठनसँगै शुरू भएको यो प्रहार निरन्तर जारी छ । सरकारले सकेको भए प्रेसमाथि राम्रै अंकुश लगाउने र प्रेसलाई सत्ताको भजन मण्डलीमा परिणत गरिएको हुने थियो ।

निजी क्षेत्रको आफ्नो पार्टी हुदैन । जात हुदैन, धर्म हुदैन । भएको लगानीको सुरक्षा दिने र मुनाफाका लागि उर्वर भूमि दिने सरकार नै निजी क्षेत्रका ‘भगवान’ हुन् । कुरा यत्ति हो– दुःख नदिईकन मुनाफा आर्जन गर्न दिनेहरूको साथमा निजी क्षेत्र जहिले पनि हुन्छ ।

कसैलाई लाग्न सक्छ– चाहेकै भए दुई तिहाई बहुमतको सरकारले किन सक्दैनथ्यो ? नेपालमा वर्तमानमा को सरकारमा छ भन्ने फरक कुरा हो । तर, उदार लोकतन्त्रका आयामहरू यति बलिया छन् कि जुनसुकै सरकारले ति आयाम तोडेर लोकतान्त्रिक अधिकारलाई शंकुचित गर्न सक्दैन । चुनावमा ओलीलाई मत दिएका झापाकै मतदाताहरू पनि लोकतान्त्रिक विधिप्रति त्यतिकै अडिग छन् । त्यसैले उदार लोकतन्त्रको विपक्षमा प्रवेश गर्ने सरकारका धेरै प्रयास यिनै आयामका कारण मात्र अवरूद्ध भएका हुन् ।

नागरिक समाज सरकारको पक्षमा गर्वका साथ केही बोल्न सक्ने अवस्थामा छैन यद्यपी नेपालमा मुख्य रूपमा नागरिक समाज भनेकै वामपंथी पृष्ठभुमिबाट उदाएका तर पार्टी र सरकारमा प्रत्यक्ष पहुँच पुर्याउन नसकेपछि आफ्नो छुट्टै अस्तित्व खोजेका बुद्धिजिवीहरूको समूह हो (क्षमायाचना– नागरिक समाजको वास्तविक भूमिकामा रहनु भएका महानुभावहरूसँग) । अर्थात् ओली सरकारप्रति भावनात्मक रूपमा शुभेच्छा राख्ने नागरिक समाजले सरकारप्रति अहिले कुनै सद्भाव राख्दैन ।

निजी क्षेत्रको आफ्नो पार्टी हुदैन । जात हुदैन, धर्म हुदैन । भएको लगानीको सुरक्षा दिने र मुनाफाका लागि उर्वर भूमि दिने सरकार नै निजी क्षेत्रका ‘भगवान’ हुन् । कुरा यत्ति हो– दुःख नदिईकन मुनाफा आर्जन गर्न दिनेहरूको साथमा निजी क्षेत्र जहिले पनि हुन्छ ।

र, अर्को अवस्थामा पनि निजी क्षेत्र त्यो सरकारको साथमै रहेको अभिनय गर्छ– जसले नियम, कानून, विधि, विधानबाट हैन तजविजीबाट शासन गर्छ । निजी क्षेत्रलाई आफ्नो गुलाम हुनुपर्छ भन्ने मान्यता राख्छ ।

एउटा कुरा सम्झाउँ– २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले दलहरूमाथि प्रतिवन्ध लगाई निरंकुश शासन शुरू गरेकोमा खुसियाली व्यक्त गर्दै नेपालको निजी क्षेत्रले स्वागत गरेको थियो । र, तिनै राजा ज्ञानेन्द्रलाई हायात होटलमा विशाल कार्यक्रम गरि ‘बिष्णु भगवान’ को अवतार भन्दै अभिनन्दन गरेको थियो ।

तर, राजतन्त्र जब संकटमा पर्दै गयो निजी क्षेत्रले पनि खुलेरै गणतन्त्रको स्वागत गरेको थियो ।

यहि हो नेपालको निजी क्षेत्र ।

अहिले ओली सरकारको विरूद्धमा निजी क्षेत्रको एक शब्द सुन्न पाईदैन । उ बोल्नै चाहदैन । बोल्न सक्ने अवस्थामा छैन । अर्थात् सरकारको त्रासमा बाँचेको छ निजी क्षेत्र ।

तर, राजा ज्ञानेन्द्रलाई झै हायात होटलमा प्रधानमन्त्री ओलीलाई बोलाएर अभिनन्दन भने गरिसकेको छैन ।

परिस्थिती यस्तै रह्यो भने निकट भविष्यमा नेपालको निजी क्षेत्रले प्रधानमन्त्री ओलीलाई पनि सार्वजनिक रूपमा अभिनन्दन गर्नेछ !

परिस्थिती कस्तो बनेको छ भने ओली सरकारले साथ पाउने अवस्था कतै देखिदैन । यो परिस्थितीमा पनि प्रचण्ड, माधव नेपालले ओली सरकारलाई हटाएर आफु सत्तामा जाने योजना बनाएनन् भने सायद उनीहरू राजनीतिज्ञ नकहलिन सक्छन् !

निकट महाधिवेशनबाट प्रचण्ड र माधवले आफुलाई पार्टीको मुख्य हैसियतमा सुरक्षित राख्न पनि उनीहरूलाई ओलीबाट सत्ताको चावी खोस्नु पर्ने अवस्था छ ।

आखिर भविष्यमा प्रचण्ड पार्टीमा अधिकार सम्पन्न एक्लो अध्यक्ष र कार्यकारी अधिकार सहितको राष्ट्रपति बन्न चाहान्छन् ।

यो वृहत रणनीतिका अगाडि तत्कालका लागि माधव नेपाललाई प्रधानमन्त्री बनाउनु प्रचण्डका लागि के ठूलो कुरा भयो र ?

थप समचारहरु

दिशाहिन यात्रा
रेल चढेर कहिले पुुग्ने बेइजिन ?
अर्थतन्त्रको अप्रेसन
नेकपाको राजनीति र ओलीको स्वास्थ्य
सरकारको नियती : न विकास, न विश्वास
क्रान्ती मर्दैमा सत्ता मर्दैन कामरेड

मा प्रकाशित
Continue Reading
2 Comments

2 Comments

  1. Ram Prasad Shiwakoti

    March 9, 2020 at 3:10 pm

    Very nice Analysis! Thanks a lot to the writer!

  2. Deepak Mani Dhital

    March 9, 2020 at 7:10 pm

    समग्र चिरफार सहितको अत्यन्त गहन लेख।लेखक लाई मुरी मुरी बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!