Connect with us

फिचर स्टोरी

ठूलो लगानीका नमुना कृषि उद्यम

नेपाली अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र हो कृषि । नेपाली अर्थतन्त्रको विकासका लागि प्रतिस्पर्धी क्मषता भएको एउटा महत्वपूर्ण क्षेत्र पनि हो कृषि । कृषि क्षेत्र आफैमा संवेदनशिल व्यवसाय हो किनभने व्यवसायिक कृषि गर्न लगानीकर्ताको एक्लो प्रयासबाट मात्रै सम्भव हुदैन । भारत, जापान, अमेरिका वा न्यूजिल्याण्ड र इजरायलको कृषी क्षेत्रको विकासको कथाबाट पनि प्रष्ट हुन्छ ।

कृषिमा ठूला व्यवसायिक घरानाले लगानी नगरेको गुनासो थियो । पछिल्लो समय गोल्यान, वैद्यज, ज्योति, भाटभटेनी, राठी, गोल्छा लगायत प्रतिष्ठित व्यवसायिक घराना कृषिमा भविष्य खोज्दैछन् । र, अरु घराना पनि कृषिमा प्रवेश गर्न उपयुक्त अवसरको पर्खाइमा छन् ।

कृषिको पूर्वाधारमा सरकारको साथ चाहिन्छ भने उत्पादनमा निजी क्षेत्रले तरक्की गर्न सक्छ । तर, नेपालमा केही यस्ता नजिर स्थापित भएका छन्– सरकारको साथबीनै पनि निजी क्षेत्रले कृषिमा नयाँ आशा देखाउन थालेका छन् । कृषिमा अर्बौ रुपैयाँको लगानी भएको छ । हामी तपाईहरू समक्ष नेपालमा नमूना बन्न सफल डेढ दर्जन कृषि उद्यमका बारेमा तथ्यांक र तस्विरहरू प्रस्तुत गरेका छौं ।

१. चितवन ह्याचरी उद्योग

  • लगानीकर्ता : गुणचन्द्र विष्ट
  • उत्पादन : अन्डा, चल्ला, कुखुराको दाना
  • उत्पादन क्षमता : २ लाख ब्रोइलर प्यारेन्ट र ६० हजार लेयर्स प्यारेन्ट
  • कुल लगानी : ७ अर्ब
  • स्थापना : २०४६ साल
  • स्थान : चितवनको पूर्तिचोक, पूर्वी रामपुर, बेल्हिया, शरणपुर र गजियापुर
  • अर्थतन्त्रमा योगदान : कुखुराको मासु, चल्ला र अण्डामा आत्मनिर्भर
  • आगामी योजना : दैनिक १ लाख २५ हजार ब्रोइलर चल्ला, साताको १ लाख लेयर्स चल्ला उत्पादन गर्ने

    गुणचन्द्र विष्टको चितवनमा रहेको अत्याधुनिक ह्याचरी फार्म ।

२.लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टर

  • लगानीकर्ता : शशी पौडेल
  • उत्पादन : गाईको दुध
  • गाईको संख्या : ५००
  • दुध दिने : १८०
  • ब्याउने : १८० हाराहारी
  • दैनिक दुध उत्पादन : २ हजार लिटर
  • स्थापना : १० वर्षअघि जर्सी र होल्स्टन गाईबाट सुरु
  • क्षेत्रफल : २२ विघा
  • लगानी : सुरुको लगानी २५ करोड, अहिले डेढ अर्ब हाराहारी ।
  • अर्थतन्त्रमा योगदान : मुलुकलाई दुधमा आत्मनिर्भर बनाउने अभियानमा सहयोग ।
  • आगामी लक्ष्य : सरकारले सहुलियत ब्याजको ऋण उपलब्ध गराएमा गाईको संख्या दोब्बर पुराउने ।

    रूपन्देहीको लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टर ।

३. अष्ट्रिच नेपाल प्रालि

  • लगानीकर्ता : सीपी शर्मा
  • स्थान : रुपन्देहीको गंगोलिया र सर्यपुरा, दाङ ।
  • सुरुवात : १२ वर्षअघि ८ सय चल्लाबाट व्यवसाय सुरु ।
  • अष्ट्रिच संख्या : माउ पोथी ८ सय
  • क्षेत्रफल : गंगोलिया २२ विघा, सुर्यपुरा १०० विघा र दाङमा ६२ विघा । अष्ट्रिचकै लागि १२ सयभन्दा बढी विघामा सात सय किसानले घाँस खेती ।
  • लगानी : ३० करोडबाट सुरु, अहिले डेढ अर्ब हाराहारी
  • अर्थतन्त्रमा योगदान : नेपालमा मासु आयात प्रतिस्थापनमा सहयोग । बढी मासु खपत हुने चाडपर्वमा मासुको बजार माग धान्न सहयोग ।

    रूपन्देहीको गंगोलियामा रहेको अष्ट्रिच फार्म ।

४. खिलुङ कालिका एग्रो फार्म

  • लगानीकर्ता : खुमा आर्याल, शोभाकान्त ढकाल, भेषराज अर्याल, गंगाप्रसाद अर्याल, हरिप्रसाद शर्मा, चुडामणि शर्मा र श्यामप्रसाद अर्याल ।
  • स्थान : स्याङ्जा भीरकोट नगरपालिका वडा नम्बर ७
  • उत्पादन : अन्डा, बायोग्यास र अर्गानिक मल
  • क्षमता : दैनिक २ लाख अन्डा, ३५१० घनमिटरको बायोग्यास प्लान्टबाट ३५० किलोवाट बिजुली । दैनिक १२ टन अर्गानिक मल
  • लगानी : एक अर्ब
  • क्षेत्रफल : १०० रोपनी
  • आगामी योजना : धनुषामा ७ लाख कुखुराको फार्म खोल्ने । दाना उत्पादन गर्ने ।
  • अर्थतन्त्रमा योगदान : कुखुराको अन्डामा मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग ।

    स्याङ्जा भीरकोटमा सञ्चालित खिलुङ कालिका एग्रो फार्म ।

५. श्री लाली गुराँस सहकारी

  • फार्म : श्री लालिगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर
  • स्थान : चितवनको खैरहनी
  • क्षेत्रफल : १९ विघा
  • गाई संख्या : ४५८ (उन्नत नश्लका गाई र दाना पनि बिक्री गर्छ)
  • आगामी योजना : काठमाडौं उपत्यका डेरी परियोजना संचालन
  • उद्देश्य : उन्नत नश्लका गाईबाट गुणस्तरयुक्त दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्नुको साथै उन्नत नश्लका गाईको स्रोत केन्द्रको रुपमा विकास गरी नमुना डेरी फार्म स्थापना गर्ने ।

    चितवनको खैरहनीमा रहेको श्री लालिगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर ।

६. भ्याली ग्रुप प्रालि

  • लगानीकर्ता : श्रीकृष्ण घिमिरे, हरिकृष्ण रावल र सानुबाबु बिन्दूकार
  • स्थापना : २०४१ साल
  • स्थान : नयाँ बजार, बालाजु औद्योगिक क्षेत्र, धादिङ आदि
  • उत्पादन : गुणस्तरीय मासु प्रशोधन, चल्ला र दाना
  • मासु आपूर्ति : केएफसी रेष्टुरेन्ट, पाँचतारे होटल, चल्तीका रेष्टुरेन्ट, फ्लाई क्याटरिङ, पार्टी प्यालेस, डिपार्टमेन्टल स्टोरमा मासु आपूर्ति । (रेडी टु कुक र रेडी टु इट)
  • स्लटर (प्रशोधन) क्षमता : दैनिक ४५ सय कुखुरा
  • आगामी योजना : धादिङमा अन्तर्राष्ट्रिय स्तरको स्लटर हाउस स्थापना, ह्याचरी युनिटको विस्तार, आधुनिक फार्म निर्माण गरी व्यवसायीक कुखुरा पालन, स्वस्थकर मासु बिक्री कक्ष विस्तार, एकीकृत प्रयोगशाला निर्माण ।

    भ्याली ग्रुपको कुखरा स्लटर (प्रशोधन) हाउस ।

७. गोल्यान ग्रुप

  • लगानीकर्ता : पवनकुमार गोल्यान
  • उत्पादन : प्रांगारिक तरकारी, स्ट्रबेरी, कागती, मेवा, खरबुजा, माछा, कुखुरा, बाख्रा आदि । कृषि प्रोसेसिङ उद्योग पनि लगाउने ।
  • क्षेत्रफल : २०२ विघा
  • लगानी : ६० करोड
  • स्थापना : २०७५
  • स्थान : झापाको दक्षिणि भेगका राजगढ, चकचके, केरावारी
  • अर्थतन्त्रमा योगदान : तरकार, स्ट्रबेरी, फलफुल, माछा मासुको आयात घट्ने । कृषि उत्पादनमा सहयोग पुराउने ।
  • आगामी योजना : जग्गा बृद्धि गरि एक हजार विघा पुर्याउने । कृषिमा लगानी अर्बौं पुर्याउने ।
  • लक्ष्य : स्थानिय किसानलाई अर्गानिक खेती सिकाउने र कृषिमा आकर्षित गर्ने

    गोल्यान ग्रुपको झापास्थित कृषि फार्म ।

८. वैद्यज अर्गनाइजेसन

  • लगानीकर्ता : सुरज वैद्य
  • स्थान र उत्पादन : धनकुटा र इलाममा चिया, नुवाकोटमा कफी उत्पादन, चितवन र मोरङमा पोल्ट्री फार्म , सिन्धुलीमा स्थानिय किसानसँग मिलेर जुनार प्रशोधन उद्योग ।
  • अर्थतन्त्रमा योगदान : वैद्यले उत्पादन गरेको चिया विभिन्न मुलुकमा निर्यात हुन्छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग ।

    व्यवसायिक घराना वैद्यज अर्गनाइजेसनको चिया बगानमा लगानी छ । उत्पादित कफी निर्यात हुन्छ ।

९. गोल्छा समूह

  • लगानीकर्ता : राजकुमार गोल्छा
  • क्षेत्रफल : ९० विघा
  • स्थान : सुनसरीको सीतागञ्ज र सोनापुर
  • कृषिको मोडल : कन्ट्रयाक्ट फार्मिङ
  • उत्पादन : अन्न, तरकारी, फलफुल, उखु, सुपारी, कागती लगायत ।
    आगामी योजना : पहाडी भेगमा पनि जग्गा भाडामा ल्याएर कृषि फार्म विस्तार गर्दै जाने ।
  • लक्ष्य ः स्थानियलाइ कृषिमा सहभागी गराउने ।

    राजकुमार गोल्छाले सुनसरीमा कन्ट्रयाक्ट फार्मिङ सुरू गरेका छन् ।

१०. ज्योति समूह

  • लगानीकर्ता : पद्य ज्योति
  • स्थान : बाराको परवानीपुर
  • क्षेत्रफल : ८ विघा
  • लगानी : १० करोड
  • उत्पादन : आधुनिक प्रविधिबाट बेमौसमी तरकारी
  • आगामी योजना : कृषिमा ठूलो लगानी गर्न इच्छुक । सरकारले सहुलियत ऋण र दक्ष कामदार उपलब्ध भएमा लगानी बढाउने ।

    व्यापारिक घराना ज्योति समूहले बाराको परवानीपुरमा बेमाैसमी तरकारी खेती गर्छ ।

११. बीरेन्द्र बहादुर बस्नेत

  • फार्म : नेपाल कृषि कम्पनी, बहुमुखि कृषि फार्म, बोयर बाख्रा प्रजनन तथा विकास केन्द्र
  • स्थान : मोरङ
  • उत्पादन : स्वचालित मेसिनबाट धानका बेर्ना उत्पादन, फलफुलका विरुवा, बाख्राका पाठापाठी
  • उद्देश्य : बुद्ध एयरको व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालित । उत्पादित फलफुलका विरुवा, बाख्रा स्थानिय किसानलाई सहुलियत मूल्यमा उपलब्ध ।

    बुद्ध एयरका मालिक बीरेन्द्र बहादुर बस्नेतले मोरङमा कृषिमा लगानी गरेका छन् ।

१२. भाटभटेनी समूह

  • लगानीकर्ता : मिनबहादुर गुरुङ
  • स्थान : पूर्वी नेपाल
  • उत्पादन : पोल्ट्री
  • आगामी लक्ष्य : केही वर्षभित्र कृषिमा ५० हजार रोजगारी प्रदान

    नेपालमा सुपरमार्केट कल्चर भित्र्याउने मीनबहादुर गुरूङले पूर्वी नेपालमा पोल्ट्री फार्ममा लगानी गरेका छन् ।

१३. गौतमश्री गाई फार्म, काभ्रे

  • फार्म सुरु : २०६९ देखि सुरु
  • लगानीकर्ता : राम बहादूर गौतम
  • लगानी : १३ करोड
  • गाई : २५० वटा
  • दुध दिने गाई : १०० वटा
  • ब्याउने गाई : ६० वटा
  • दैनिक दुध उत्पादन : १००० लिटर

    काभ्रेमा सञ्चालित गौतमश्री गाई फार्म एन्ड रिसर्च सेन्टर ।

१४. सारडा ग्रुप

  • लगानीकर्ता : पवन कुमार सारडा
  • स्थान : मोरङ
  • क्षेत्रफल : ३० विघा । पाँच विघामा भारतको हिमाञ्चल प्रदेशबाट रुखका विरुवा ल्याएर लगाएको ।
  • उत्पादन : तरकारी, नगदे वाली ।
  • लगानी : करोडौं लगानी गर्ने घोषणा ।

१५. राठी समूह

  • लगानीकर्ता : श्याम राठी
  • उत्पादन : अर्गानिक खेती

अन्य ठूला फार्म

गोरखाका राजन पन्तले दुई सय गाई पालेका छन् । रुपन्देहीमा अरु दुईवटा ठूला गाई फार्म सञ्चालनमा छन् । रुपन्देहीकै छपियामा ठूला माछा पोखरी खनिएको छ । चितवनमा माछा र पोल्ट्रीका ठूला फार्म सञ्चालनमा छन् । कास्कीमा इमान गुरुङले भैंसी फार्म सञ्चालन गरिरहेका छन् ।

कैलालीको जोशीपुरस्थित बौनियामा करीव १६ करोड लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ । क्वालिटी ह्याचरी एन्ड एग्रिकल्चर प्रालिले साताको ५० हजार हाराहारी कुखुराका चल्ला उत्पादन गर्दै आएको छ । ह्याचरीको क्षमता साताको एक लाख चल्ला उत्पादन गर्ने रहेको छ ।

पूर्वको विर्तामोडमा चार विघा क्षेत्रफलमा १४ करोड लगानीमा ब्रोइलल कुखुराको चल्ला उत्पादन गर्ने उद्देश्यले भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि सञ्चालनमा आएको छ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!