Connect with us

भिडियो

मन लोभ्याउने घान्द्रुक

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा पनि नेपाल विश्वकै अग्रणी मानिन्छ । नेपालमा साहसिक, प्राकृतिक सम्पदाका पारखी, सांस्कृतिक पर्यटक भित्र्याउन सकिन्छ । तर, नेपालले पर्यटनबाट लाभ लिन सकिरहेको छैन ।

पर्यटनको प्रचुर सम्भवना बोकेको मुलुकमा बल्ल १० लाख पर्यटक भित्रिन थालेका छन् । सरकारले सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दा महत्वाकांक्षी योजना भनिँदै आएको छ । नेपालमा पर्यटक किन आइरहेका छैनन् ? मुख्य कारण हो, नेपालको ब्रान्डिङ हुन नसक्नु ।

सरकार र नीजि क्षेत्रले पर्यटनको प्रचार प्रसार गर्न सकिरहेको छैन । नेपाललाई विदेशीसामु चिनाउने भिडियो सामाग्रीसम्म नेपालसँग छैन । यही तथ्यलाई मध्यनजर गर्दै नेपाल एट्थ वोन्डरले पर्यटन बोर्डसँग सहकार्य गरेर नेपालको डकुमेन्ट्री बनाउन थालेको छ ।

उसले ‘हेवन इज मिथ नेपाल इज रियल’ नामक श्रृंखलाको दोस्रो एपिसोडमा पोखरा, घान्द्रुक र ल्वाङको सुन्दर ठाउँहरु समेटेको छ । भिडियोमा बञ्जी जम्प, प्याराग्लाइडिङ, बोटिङ, अल्ट्रा लाइट, गुफा, डेभिड फल्स, विश्व शान्ति स्तुपा लगायत डकुमेन्ट्रीमा कैद गरेको छ ।

भिडियोमा ल्याङ र घान्द्रुकका सुन्दर दृश्यहरु, आँखै गाडि देखिने सेताम्मे हिमाल र त्यहाँको संस्कृति तथा रहनसहन कैद गरेको छ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!