Connect with us

भिडियो

१५० किलोको चरो

नेपालमा अष्ट्रिचको मासु लोकप्रिय बनेको छ । चाडपर्वमा अष्ट्रिचको मासुको माग चुलिने गर्छ । अष्ट्रिचको मासु करीव खशीकै मासुको मूल्यमा किन्न पाइन्छ । शहरका डिपार्टमेन्ट र मासु पसलमा अष्ट्रिचको मासु बिक्री गर्न राखिएको हुन्छ ।

नेपालमा अष्ट्रियन प्रजातीको चरा अष्ट्रिच पाल्न थालेको झन्डै एक दशक पुग्न लाग्यो । व्यवसायी सीपी शर्माले रुपन्देहीको गंगोलीमा अष्ट्रिच पालन सुरु गरेका हुन् । अहिले रुपन्देही, दाङ, झापा लगायत जिल्लाहरुमा अष्ट्रिच पालन हुँदै आइरहेको छ ।

अष्ट्रिच ठूलो प्रजातीको चरा हो । एउटै अष्ट्रिच डेढ सय किलोभन्दा बढी तौलको हुने शर्मा बताउँछन् । उनका अनुसार एउटै अष्ट्रिचको मूल्य अढाई लाखसम्म पर्छ । अष्ट्रिचको मासुलाई तीन तहमा वर्गिकरण गरेर बिक्री गर्ने गरिन्छ । मूल्य पनि तीन प्रकारकै हुन्छ ।

सीपी शर्माले रुपन्देहीको गंगोलीमा १५ सय अण्डा ल्याएर अष्ट्रिच व्यवसाय सुरु गरेका हुन् । अष्ट्रिच फार्म सुरु गर्दा १७ करोड लगानी भएको थियो । अहिले अर्बभन्दा बढी लगानी भइसकेको छ । गंगोलीमा मात्र होइन, रुपन्देहीको सूर्यपुरा र दाङमा पनि अष्ट्रिचको फार्म फैलाइसकेका छन् ।

कम्पनीले अष्ट्रिच पालन गर्नका लागि गंगोलीमा २२ विगाहा, सुर्यपुरामा ७० विगाहा र दाङमा सय विगाहा भन्दा बढी जग्गा लिएको छ । दाङको फार्ममा माउ अष्ट्रिचमात्र राखिएको छ । जहाँ ३ हजारवटा माउ अटाउन सक्छन् ।

सुर्यपुरामा कमर्सियल अष्ट्रिच चरा उत्पादन गर्ने फार्मको रुपमा विकास गरिएको छ । कन्ट्रयाक्ट फार्मिङ अन्तर्गत स्थानिय किसानहरुलाई समेत सहभागी बनाएर उत्पादन सुरु गरिएको शर्मा बताउँछन ।

शर्माका अनुसार त्यहाँ उत्पादन गरिएका अष्ट्रिच स्थानिय किसानहरुलाई निश्चित मार्जिनको ग्यारेन्टी दिएर पाल्न दिइन्छ । अष्ट्रिचलाई चाहिने दाना र स्वास्थ्य सुविधा पनि फार्मले उपलब्ध गराउँछ ।

अष्ट्रिचको मासु सबैभन्दा बढी खपत काठमाडौंमा खपत हुन्छ । शहरका तारे होटलदेखि चल्तीका रेष्टुरेन्टमा अष्ट्रिचको परिकार बन्ने गरेको छ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!