भिडियो
डाक्टरले मस्तिष्कको शल्यक्रिया गर्दा बिरामी आफैले बजाए मादल
छपन्न वर्षीय खड्गबहादुर बुढालाई ‘डिस्टोनिया’ नामको स्नायुप्रणाली सम्बन्धी रोग लागेको थियो । मस्तिष्कको शल्यक्रिया गरेपछि उनी रोगमुक्त भएका छन् ।
तीन दशकदेखि व्यावसायिक रूपमा मादल बजाउँदै आएका सल्यानका खड्गबहादुर बुढाले केही महिना अगाडि मादल बजाउँदा गाह्रो अनुभव गरे ।
छपन्न वर्षीय बुढालाई ‘डिस्टोनिया’ नामको स्नायुप्रणाली सम्बन्धी रोग लागेको थियो ।
हालै काठमाण्डूको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरेपछि उनी रोगमुक्त भएका छन् ।
शल्यक्रियाको क्रममा बुढाले आफैँले मादल बजाउँदै चिकित्सकलाई आफ्नो उपचारमा सघाएका थिए । बिरामीसँग गफ गर्दै डाक्टरहरूले अप्रेसन गरिरहेका छन् । बिरामीले पनि उत्साहित हुँदै मादल बजाइरहेको भिडियोमा देख्न सकिन्छ ।
यस्तो उपचार नेपालमा दुर्लभ भएको न्यूरोसर्जन डा. वसन्त पन्तले बताएका छन्। हेर्नुहोस् बीबीसी नेपाली सेवाका कमल परियारले बनाएको एउटा भिडिओ रिपोर्ट ।

Continue Reading