भिडियो
वाह ! हब लुम्बिनी
लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाई लम्बाउनका लागि महत्वांकाक्षी परियोजना ‘हब लुम्बिनी’ बनाउन लागिएको हो ।

लुम्बिनी (भैरहवा) । विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा पर्यटकको संख्या वर्षेनी बढ्दै गइरहे पनि उनीहरुको बसाई लम्बिन नसकेको गुनासो आइरहन्छ ।
लुम्बिनी घुम्न आउने नेपाली तथा भारतीय पर्यटकमध्ये १ प्रतिशतले मात्र लुम्बिनीमा बास बस्छन् । तेस्रो मुुलकबाट आउने पर्यटक पनि लुम्बिनीमा धेरै दिन बस्दैनन् । स्थानिय व्यवसायी भन्छन्, लुम्बिनी घुम्न आउने विदेशी पर्यटक मुस्किलले एक रातमात्र बास बस्छन् ।
लुम्बिनीमा आउने पर्यटकको बसाई लामो नहुँदा पर्यटन व्यवसायीले लाभ लिन पनि सकेका छैनन् ।
शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा किन पर्यटक बास बस्दैनन त ? विश्वभरका बौद्धमार्गीको पवित्र तिर्थस्थल लुम्बिनीका होटलभरि खचाखच पर्यटक हुनुुपर्ने हो ।
लुुम्बिनीमा मायाँदेवी मन्दिर र विभिन्न देशले बनाएका गुम्बाहरु बाहेक पर्यटक भुलाउने गतिलो प्रडक्ट नभएकै कारण पर्यटकले बसाई लम्बाउन खोज्दैनन् ।
भिडियोमा हेर्नुहोस् लुम्बिनी हब
यही अभाव मेटाउन लुम्बिनीमा टुरिजम डेस्टिनेशन डेभलपमेन्ट प्रोजेक्ट ‘हब लुम्बिनी’ बन्ने भएको छ ।
हस्पिटालिटी, रिक्रियसन, एग्रिकल्चर र हाउजिङको फ्युुजनका रुपमा हब लुम्बिनी बनाउन लागिएको हो । ग्रान्डी होल्डिङस र सीई कन्स्ट्र्क्सनले प्रतिष्ठित होटेलियर योगेन्द्र शाक्यसँगको कोलाब्रेसनमा हब लुम्बिनी सञ्चालनमा ल्याउन लागेको हो ।
सीई कन्स्ट्र्क्सनका अध्यक्ष विजय राजभण्डारी भन्छन्, ‘लुम्बिनी आउने स्वदेशी विदेशी पर्यटकलाई बढी भन्दा बढी समय विताउन भन्ने उद्देश्यसहित हब लुम्बिन बनाउन लागेको हो ।’
लुम्बिनी भ्रमणमा आउने विभिन्न मान्छेका विभिन्न रुची र उद्देश्य हुन्छन् । पर्यटकका विभिन्न थरि रुची र उद्देश्यलाई समेटेर एकै ठाउँमा सेवा उपलब्ध गराउन लागेको राजभण्डारी बताउँछन् । हब लुम्बिनीमा सबै खालका मान्छेलाई मान्छेलाई बस्ने, खाने, घुमफिर गर्ने, किनमेल गर्ने अवसर उपलब्ध हुनेछ ।
करीव ७ विगाहा क्षेत्रफलमा फैलिने हब लुम्बिनीमा ८ अर्ब रुपैयाँ लगानी हुँदैछ । हब लुम्बिनीमा ग्रान्डी होल्डिङ्स, सीई, योगेन्द्र शाक्य लगायत विभिन्न लगानीकर्ता साझेदार हुनेछन् ।
लुम्बिनी हबभित्र अपार्टमेन्ट, होटल, विभिन्न भेराइटी पाक्ने रेष्टुराँ, ब्यांक्वेट हल, सम्मेलन केन्द्र, मल्टिप्लेक्स, मनोरञ्जन केन्द्र, हेल्थ क्लब, गेमिङ जोन, स्वीमिङ पुल, वाटर वर्ल्ड, ट्राभल र एयरलाइन्सका अफिस लगायत सुविधाहरु हुनेछन् ।
लुम्बिनी हबभित्र अपार्टमेन्ट, होटल, विभिन्न भेराइटी पाक्ने रेष्टुराँ, ब्यांक्वेट हल, सम्मेलन केन्द्र, मल्टिप्लेक्स, मनोरञ्जन केन्द्र, हेल्थ क्लब, गेमिङ जोन, स्वीमिङ पुल, वाटर वर्ल्ड, ट्राभल र एयरलाइन्सका अफिस लगायत सुविधाहरु हुनेछन् ।
हब लुम्बिनीका लागि जमिन खरिद गर्ने काम सम्पन्न भइसकेको छ । मास्टर प्लान पनि बनिसकेको छ । (हेर्नुहोस् भिडियो)
हबभित्र निर्माण गरिने ३२ वटै अपार्टमेन्ट बुकिङ भइसकेको राजभण्डारीले बताए । अपार्टमेन्ट निर्माणमा बुकिङकर्ताकै पैसा लगानी हुनेछ ।
हब लुम्बिनीमा हुने हरेक कम्पोनेन्टमा छुट्टा छुुट्टै लगानी हुनेछ । हबभित्रका होटलमा योगेन्द्र शाक्यको पुरै लगानी हुनेछ । बाँकी कम्पोनेन्टमा पनि विभिन्न लगानीकर्ता साझेदार हुने राजभण्डारी बताउँछन् ।
यो हाईब्रिड टुरिष्ट प्रडक्ट हो । प्राइभेट पब्लिक पार्टनरसीमा निर्माण गर्न लागिएको हब लुम्बिनी मायादेवी मन्दिरबाट ५ किलोमिटर र निर्माणाधिन गौतमबुद्ध इन्टरनेशनल एयरपोर्टबाट १३ किलोमिटर टाढा हुनेछ ।
गर्मीमा मान्छे तान्न हब लुम्बिनीमा वाटर वल्र्ड हुनेछ । तीनतारे र चारतारे होटल हुनेछन् । पहिलो चरणको काम सम्पन्न भएपछि विस्तारै अरु कम्पोनेन्टहरु पनि थप्दै जाने राजभण्डारी बताउँछन् ।

हब लुम्बिनीभित्र हुने मल्टिप्लेक्स ।
‘हाम्रो तर्फबाट सम्पूर्ण कामहरु गरिसकेका छौं, अब सरकारबाट स्वीकृति पाउने वित्तिकै काम सुरु गरिहाल्छौं’, राजभण्डारीले भने, ‘पहिलो चरणमा अपार्टमेन्ट निर्माण गर्ने छौं ।’
मुलुक संघीयतामा गइसकेपछि ठूला प्रोजेक्ट निर्माणमा सरकारी तर्फबाट एप्रुभल लिन कठिन भइरहेको छ । देशमा नियम कानुन फ्लो गर्दा गर्दै ठिक्क हुन्छ ।
अहिले प्रदेश सरकार पनि आएको छ । प्रदेश सरकारबाट पनि सिफारिस लिन पर्छ । राजभण्डारी सुनाउँछन्, ‘हामीले मास्टर प्लासन सुरुमा गरपालिकामा देखायौं, त्यहाँबाट भैरहवा पठाइदियो । भैरहवाले काठमाडौं सहरी विकास प्राधिकरणमा पठाइदियो । भैरहवाका दुुबै निकायमा हाम्रो डिजाइनलाई बुुझ्न सक्ने इजिनियर भएनन् ।’
उनका अनुसार सहरी विकासले एप्रूभल दिने बेलामा प्लानिङ प्रमिट चाहिन्छ भन्यो । सम्बन्धीत नगरपालिकाबाट प्लानिङ प्रमिट लिनका लागि त्यहाँ प्लानिन एकाई गठन नै भएको छैन । त्यो एकाई गठन गर्न मिटिङ बस्नुपर्ने रहेछ । एकाई गठन भएपछि कार्यविधि बनाउन पर्ने रहेछ । त्यो एकाईमा बस्ने मान्छे नियुक्त गर्नुपर्ने ।
यो सबै प्रकृया पुरा गर्दा गर्दा एक वर्ष लागिसकेको बताउँदै राजभण्डारीले अब स्वीकृति पाउनेमा विश्वास व्यक्त गरे ।
हब लुम्बिनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगत स्थानिय कृषकलाई कृषिमा प्रोत्साहित गर्ने भएको छ । स्थानीयलाई कृषिमा लगाएर उनीहरुको फसल आफुहरुले किनिदिने राजभण्डारीले बताए ।
उनी भन्छन्, ‘धेरै उत्पादन हब लुम्बिनीमै खपत हुनेछ, बढी भएको कृषि उत्पादन किनिदिएरै भएपनि बजारको सुनिश्चितता गरिदिने छौं ।’

पसलहरु ।

पसलहरु ।

सडक फुड कोर्ट ।

गेमिङ जोन ।

रेष्टुरेन्ट ।

ओपन रेष्टुरेन्ट ।

सपिङ मल ।

तारे होटल ।

वाटर वर्ल्ड ।
