Connect with us

घुमफिर

आहा ! कति रमाइलो खप्तड

खप्तड प्राकृतिक सौन्दर्यको खानी हो। र, खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि । यसैले धार्मिक आस्था राख्नेहरु मात्र होइन, प्रकृतिसँग रमाउन खोज्नेका लागि पनि खप्तड गतिलो गन्तव्य हो।

वरिपरी विशाल घाँसे मैदान, रंगिविरंगी फूलहरु । पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल । आहा ! कति सुन्दर, शान्त र रमणिय । खप्तड प्राकृतिक सौन्दर्यताको खानी हो । र, एक पटक पुग्नैपर्ने गन्तव्य पनि । यसलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ ।


यो ५० वर्षअघि खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । धार्मिक आस्था राख्नेहरु मात्र होइन, प्रकृतिसँग रमाउन खोज्नेका लागि पनि गतिलो गन्तव्य हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन छन् । घाँसे मैदान चित्ताकर्षक छन् ।


खप्तडको वरिपरी ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानिय भाषामा झोती भनिन्छ । यहाँ खप्तड बाबाको मन्दिर छ । प्रत्येक वर्षको जेष्ठ पूर्णिमामा भव्य मेला लाग्ने गर्छ । मेला भर्न छिमेकी ९ जिल्लाका भक्तालु आउँछन् । रातभर जाग्राम बस्छन् । यहाँको त्रिवेणीमा नुहाए पाप पखालिने जनविश्वास छ ।


यहाँको खप्तड दह पनि उत्तिकै आकर्षक छ । खप्तड बाह्रै महिना घुम्न सकिन्छ । तर, पर्यटकीय पूर्वाधार छैनन् । सडकदेखि खाने बस्ने सुविधा राम्रो छैन । खप्तडमा ५० जनासम्मका लागि आवास र खाने सुविधा छ । हिउँदमा जाँदा खप्तडमा हिउँले ढाकेको हुन्छ । चैत, बैशाखमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ ।

कसरी पुग्ने ?
पर्यटन व्यवसायीले खप्तड घुमाउने विभिन्न प्याकेज बनाइरहेका छन् । शुक्लाफाँटा जंगल कटेजका सञ्चालक प्रमानन्द भन्डारीले शुक्लाफाँटादेखि खप्तड हुँदै रारासम्म जोड्ने प्याकेज बनाइरहेका छन् । यो यात्रा सिध्याउन १४ दिनसम्म लाग्छ ।


खप्तडमा बझाङको तमैल र डोटीको झिंग्रानबाट जान सकिन्छ । बझाङको बाटो भएर जान धनगढीबाट तमैलसम्म ९ घण्टा बसमा हिँड्नुपर्छ । तमैलबाट लामातोलासम्म लोकल जीप पाइन्छ । करीव ४५ मिनेटको जीप यात्रामा लामातोला पुगिन्छ । लामातोलाबाट ४ घण्टामा खप्तडको बेसक्याम्प लोखाडा पुगिन्छ । र, त्यहाँबाट २ घण्टामा खप्तडका घाँसे मैदान र क्याम्प साइटसम्म पुग्न सकिन्छ । उकालो बाटो ४ घन्टा हिँडेपछि खप्तड लेख पुग्न सकिन्छ ।


खप्तड लेक पुगिसक्दा पुरै थकित भइन्छ । तर, त्यहाँ देखिने हरिया फाँट र पृष्ठभूमिका हिमालले थकान भुलिन्छ । यो ठाउँमा राजा वीरेन्द्र आइरहन्थे । उनले हाईप्रोफाइल खप्तड जाँदा बस्न राम्रा गेस्ट हाउस पनि बनाएका छन् । पारस सपरिवार खप्तड जाँदा सोही गेस्ट हाउसमा बस्छन् ।

मा प्रकाशित

Trending

error: Content is protected !!